अब एनआरएनएमा ३ जना अध्यक्ष बन्ने निश्चित

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ ।

एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने निश्चित बनेको हो ।

शनिवारदेखि ललितपुरस्थित होटेल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । अब रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।

नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सङ्घका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका छन् ।

Leave a Comment

Your email address will not be published.

ताजा