सन्दीप सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो क्रिकेटर

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् ।

शनिवार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध १ विकेट लिएपछि सन्दीपले ५० विकेटको कोशेढुंगा पार गरेका हुन् ।

सन् २०१८ मा एक दिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा मात्र सन्दीप विकेटविहीन रहे ।

उनी एक दिवशीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि श्रीलङ्काका अजन्था मेण्डिसले १९ इनिङ्समा ५० विकेट पूरा गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा भने उनले अघिल्लो महिना ५० विकेट पूरा गरेका हुन् ।