मधेशका तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्य

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

जनकपुरधाम : मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । नयाँ कोरोना संक्रमित घट्दै गएपछि मधेश प्रदेशको तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । मधेसको सप्तरी, सर्लाही र रौतहटमा कोरोना सक्रिय संक्रमितको संख्या शून्यमा झरेको निर्देशक विजय कुमार झाले जानकारी दिए । मधेशमा हाल १४३ जना कोरोनाको सक्रिय संक्रमित रहेकोमा पर्सामा सबै भन्दा बढी ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, धनुषामा ३५, बारामा २८, महोत्तरीमा ४ र सिरहामा १ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा रहेको सबै संक्रमित होमआइसोलेशनमै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मधेस प्रदेशमा पहिलो, दोस्रो र तेस्रो लहरमा ४१ हजार ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४० हजार १ सय ९२ जना निको भ एभने १ हजार ६२ जनाले आफ्नो ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले बताए ।