तारमा मान्छे झुण्डिएपछि तनावमा कुलमान, घण्टाकै डुब्यो कसैले नसोचेको रकम !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ – नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।

उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्।‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले सेतोपाटीसँग भने।

उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।

‘एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ’,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झर्दैन। मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा भएन।’

उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ। ‘काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन यही हो’, तामाङले भने।​

दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालू अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको उनको भनाइ छ।

‘हाम्रो दुईवटा सर्किटमा एउटा मात्रै चालू थियो एउटा बन्द थियो’, तामाङले भने, ति मान्छे चालूमा चढेको भए ठूलो दुर्घटना हुन्थ्यो, बन्दमा चढेकाले हल्लाखल्ला भयो र चालू सर्किट हामीले बन्द गर्नुपर्ने अवस्था आयो।’