काठमाडौं । बिजुलीको हाइ भोल्टेज प्रवाह हुने तारमा रहेका माइला विकको नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनको उद्धार गरिएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार माइलाको भर्खरै उद्धार गरिएको हो ।
माइलाको उद्धार हेलिकोप्टरबाटमात्रै सम्भव देखिएकाले नेपाली सेनाको चारजनाको टोली हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका थिएनन् ।
नुवाकोटको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा एक पुरूष झुन्डिएपछि दिनभर आयोजना बन्द गरिएको छ।
विद्युत उत्पादन बन्द गर्नुपर्दा एक करोड रुपैयाँ बढीको क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।