फेरिने भयो काठमाडौँको मुहार, बालेन र कुलमान मिलेर गर्ने भए नयाँ चमत्कार !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले विगतमा सरकारका निकायबीच सम्वन्वय नहुँदा ढलदेखि सडकसम्म समस्या भएको बताएका छन्।

उनले अब यस्ता समस्या नहुने र हुन नदिने बताए। मेयर शाहले सडक विभाग, विद्युत प्राधिकरण, खानेपानी संस्थान लगायतसँगको छलफलपछि अब समन्वयमा काम गर्ने कुरा भएकाले समस्या नआउने बताए।

सडक विभाग, विद्युत प्राधिकरण सँग प्रत्येक महिनाको पहिलो सोमबार बैठक बसेर आपसी समस्या समाधान गर्ने समझदारी भएको मेयर शाहले आइतबारको कार्यपालिका बैठकमा जानकारी पनि गराए।

‘यो काम चाहिँ अरुको हो भनेर नपन्छिन हामीले भनेका छौं’, उनले भने, ‘महानगरले यस्ता कुरा अनुगमन गर्न पाउनुपर्ने माग गरेका छौं। सकेसम्म तालिका नै बनाएर काम गर्ने कुरा भएको छ।’

बाटो खन्दा रोलर लगाउन सकिने हुनुपर्ने महानगरका तर्फबाट कुरा राखेको भन्दै अब महानगरभित्र विद्युतको तार भूमिगत हुने भएकाले समस्या नहुने शाहले बताए।

उनले एक वडामा एक रिर्भस बोरिङ बनाउने बताए। ‘धेरै कुरा सहकार्य नभएर हुने गरेका रहेछन्’, उनले भने, ‘अब सबैका बीचमा सहकार्य गर्ने सहमति भएको छ। अब समस्या विस्तारै समाधान होला।’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।