एक्कासी काठमाडौँ छाडेर कहाँ पुगे बालेन ?

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

हेटौंडा– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय, हेटौंडाको अवलोकन गरेका छन्।

बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुखहरूका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका शाह र डंगोलले संयुक्त रूपमा आश्रमको अवलोकन गरेका हुन्।

यसक्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौं महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयास र आगामी योजनाका बारेमा जानकारी गराए।