माधव नेपालको सपना चकनाचुर, प्रधानमन्त्री बन्ने रेसबाट आउट !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनैपनि नामको गठबन्धनको बाटोमा नरहेको बताएका छन्। एमालेसँग गठबन्धन बनाउने र गठबन्धन भत्काउने कुनै फुर्सद नभएको स्पष्ट पारे।

रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिबार बुटवलमा उनले केहि दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली कांग्रेससँग बार्गेनिङ गरिरहेको उल्लेख गरे। उनले एमालेले अहिलेका कुनैपनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने स्पष्ट पारे।

‘एमालेले अहिलेका कुनैपनि दलका नेताहरूलाई प्रधानमन्त्री स्वीकार गर्दैन, कसैसँग गठबन्धन गरेर, अहिलेको गठबन्धन भत्काएर छुपारूष्टम गर्ने फुर्सद पनि छैन,’ पौडेलले भने।

उनले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनैपनि गठबन्धन नहुने दोहोर्‍याउँदै उनले त्यस्तो भ्रमको पछाडी नलाग्न आग्रह गरे।

एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै निर्वाचनमा लड्दा पनि मतको हिसाबले अहिलेपनि एमाले पहिलो दल बनेको दावी गर्दै पौडेलले आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे।

‘एमाले मतको हिसाबले अहिले पनि पहिलो दल हो, सिटको हिसाबले केहि पछाडी रहेपनि आगामी निर्वाचनमा सिट र मत दुबैमा एमाले पहिलो बन्छ।’

उनले एमालेसँग एक्लै निर्वाचन लड्ने हिम्मत नभएर देशव्यापी रूपमा पाँचदलिय गठबन्धन गरेको भन्दै त्यतिले मात्र पनि नपुगे आगामी निर्वाचनमा अरू दलहरूसँग पनि महागठबन्धन गरेर जान विपक्षी सत्तापक्ष दलहरुलाई व्यंग्य गरे। पौडेलले एमाले हार्दा देश र जनता दुबैले हार्ने उल्लेख गर्दै एमालेलाई हार्ने छुट समेत नभएको बताए।

‘एमाले पराजित हुँदा एक्लै पराजित हुँदैन देश र जनतापनि पराजित हुने छन्,’ उनले भने। पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरूलाई स्वदेशमै लगानी गरी आत्मनिर्भर र आत्मसम्मानको जीवन विताउन सुझाव दिए।

उनले विदेशमा भन्दा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश दिन रिटर्नीहरूले हरेक जिल्लामा सामूहिक रुपमा नमूना आयोजना संचालन गर्नुपर्ने बताए।

‘विदेशबाट ल्याएको शिप र पूँजी दुबैलाई उत्पादनमुलक क्षेत्रमा लगाएर आफुपनि स्वरोजगार बन्ने र अरूलाई पनि रोजगारी दिने काममा लाग्न आग्रह गर्छु,’ उनको सुझाव छ।

रिटर्नी फेडेरेसन नेपालका महासचिव लक्ष्मी प्रसाद आचार्यले वैदेशिक रोजगारीले नेपालको जिडिपीमा ३२ प्रतिशत योगदान दिएको भएपनि बैदेशिक रोजगारीमा गएकाहरू परिवार र समाजबाट समेत अपहेलित हुनुपर्ने अवस्था रहेको बताए।

२०-२५ वर्षसम्म विदेशी भूमिमा रोजगारी गरेर फर्किदा परिवार र समाजको रहनसहनबाट टाढा रहनुपर्दा फर्किएर आएपछि पनि घुलमिल हुन सक्ने अवस्था नभएको उनको भनाई थियो।

आचार्यले नेपालका ५६ हजार घरधुरीको चुल्हो वैदेशिक रोजगारीबाट नै बल्ने गरेको र ५० लाख नेपाली कुनै न कुनै देशमा रोजगारीमा रहेको अवस्थामा सरकारले रिटर्नीहरूलाई स्वदेशमै फर्काउने गरी विशेष योजना बनाउनुपर्ने बताए।

लुम्बिनी प्रदेशका संयोजक हिरा खरेलको अध्यक्षतामा भएको प्रदेश भेलामा लुम्बिनीका १२ जिल्लाका रिटर्नीहरूको सहभागिता रहेको थियो।