तनावमा दुर्गा प्रसाईं, सुनको लौरो पाएको भोलि पल्टै लाग्यो झड्का !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए ।

उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।” भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए ।

भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेक–जाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ।

उपहार प्राप्तकर्ता व्यवसायी प्रसाईंले आफूले राजकुमारबाट सुनको लौरो प्राप्त गरेको स्वीकार गरे। प्रसाईंले भने,“राजकुमारबाट सुनको लौरो उपहार प्राप्त भएको छ । उपहार पाएको वस्तु कति मूल्य र कुन गुणस्तरको हो भन्नु उचित हुँदैन ।” आफूले प्राप्त उपहार परीक्षण नगरेको भन्दै उनले सुनको लौरो सरकारलाई चाहिए उपहार दिन सक्नेसमेत बताए ।

-गोरखापत्र दैनिकबाट