बालेनको पावर देखेर सबै छक्क, बागमती प्रदेशसभा नै थर्कियो !

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ – बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनले देखाएको तथ्य हो, काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहसँग ६१ हजार ७६७ मत छ । यो मत आगामी चुनावमा बागमती प्रदेशसभातर्फ डोलायमान भयो भने के होला ?

काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा संसदीय निर्वाचन क्षेत्रलाई छुन्छ । निर्वाचन क्षेत्र नम्बर १० मात्रै महानगरपालिकाले छुँदैन ।

महानगरपालिकाले बागमती प्रदेशसभाका १८ वटा निर्वाचन क्षेत्रलाई छुन्छ । अर्थात् बालेन्द्रले महानगरपालिकामा पाएको ६१ हजार बढी मतले बागमती प्रदेशसभाका १८ सीटलाई प्रभावित बनाउने क्षमता राख्छ ।

स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा काठमाडौँ महानगरका वडाहरु समेटिएका काठमाडौँ जिल्लाका १८ प्रदेशसभा निर्वाचन क्षेत्रमा स्वतन्त्रको प्रभाव देखिएको हो। प्रभाव अवस्था स्वतन्त्रले जितेका धनगढी र धरानमा पनि हुन सक्छ ।

देशैभरिका सातवटा प्रदेशसभामा समानुपातिकतर्फ २२० सीट छन् । त्यसमध्ये बागमतीमा २२ सिट छन् । प्रदेश १ मा ३७, मधेस प्रदेश ४३, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जना समानुपातिक प्रदेश सांसद रहने संवैधानिक व्यवस्था छ ।

सात प्रदेशका कूल ५५० सांसदमध्ये प्रत्यक्षतर्फ ३३० सिट छन् । प्रत्यक्षतर्फ प्रदेश १ मा ५६, मधेसमा ६४, बागमतीमा ६६, गण्डकीमा ३६, लुम्बिनीमा ५२, कर्णालीमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी ३३० सिट रहने संवैधानिक व्यवस्था छ ।