शंकर पोखरेलले जब रवि लामिछाने राजनीति गर्न लायक छैनन् भने …

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेसा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन्।

रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् -‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।

यस्तै लामिछानेले घोषणा गरेको पार्टीको नाम र चुनाव चिह्न (घण्टीं का विषयमा पनि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेका छन्। कतिपयले स्वतन्त्र शब्द राखिसकेपछि दल दर्ता गर्न नहुने तर्क पनि गरेका छन्।