Connect with us

मनोरञ्जन

राम चरणका पितालाई क्यान्सर भयो भन्दै समाचार आएपछि …

Published

on

एजेन्सी – दक्षिण भारतीय स्टार चिरञ्जीवीले मिडियामा आएका खबरहरुलाई लिएर आपत्ति जनाएका छन्। केहि भारतीय मिडियाहरुले चिरञ्जीवीलाई क्यान्सर भएको खबर प्रकाशित गरेपछि चिरञ्जीवीले आपत्ती जनाएका हुन्। सामाजिक संजाल मार्फत चिरञ्जीवीले आफूलाई क्यान्सर भएको भन्दै आएका खबरहरुलाई सिधै खारेज गरेका छन्।

क्यान्सर टेस्ट गर्दा आफूमा गैर–क्यान्सर पोलिप्स पत्ता लागेको र त्यसलाई हटाइएको बताएको विषयलाई तोडमोड गरेर केहि मिडियाले आफूलाई क्यान्सर भएको भन्दै समाचार सम्प्रेषण गरेकोमा उनको आपत्ति छ। आफूले कोलन स्कोप टेस्ट गराएको बताउँदा क्यान्सर नै भएको दावी गर्दै समाचार बनाइएको भन्दै चिरञ्जीवीले आक्रोश पोखेका छन्।

“केही समयअघि क्यान्सर सेन्टरको उद्घाटन गर्दा मैले क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक रहेको बताएको थिएँ । मैले नियमित मेडिकल टेस्ट गराए क्यान्सरबाट बच्न सकिन्छ भनेको थिएँ । म सचेत थिएँ र कोलन स्कोप टेस्ट गराएँ। मैले गैर–क्यान्सर पोलिप्स पत्ता लागेको र हटाइएको बताएको थिएँ। तर केही मिडियाले यसलाई बुझेनन् र ‘मलाई क्यान्सर भयो’ र ‘उपचारका कारण बाँचे’ भन्ने समाचार बनाए। विषय नबुझेर बकवास नलेखेको राम्रो। यस्ता झुटा समाचार नबनाउन अपिल गर्छु।”,चिरञ्जीवीले सामाजिक संजालमा लेखेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending