Connect with us

मनोरञ्जन

‘महाभारत’ को सकुनी मामाको निधन

Published

on

लोकप्रिय टिभी शो ‘महाभारत’ मा ‘शकुनी’ को भूमिका निभाएका अभिनेता गुफी पेन्टलको निधन भएको छ। गुफी ७८ वर्षका थिए। अभिनेता विगत केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए। उनका सहकलाकार सुरेन्द्र पालले मृत्युको पुष्टि गरेका भारतीय सञ्चार मध्यमले जनाएका छन्।

अभिनेताको स्वास्थ्य बिग्रियो, उनलाई फरीदाबादको एक अस्पताल र त्यसपछि मुम्बईको अंधेरीको अस्पतालमा भर्ना गरिएको थियो। उनको सोमबार बिहान ९ बजे निधन भएको हो। उनको हार्ट फेल भएको थियो।

अहिले सञ्चार माध्यममा अभिनेताको निधन उनका फ्यानले दु:ख व्यक्त गरिरहेका छन्। यसको साथै अभिनेताको आजै अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending