Connect with us

समाचार

शिक्षक सेवा आयोगको परीक्षा दिन आएका थिए काठमाडौँ, ट्रकले ठक्कर दिँदा दम्पत्ति पुग्न पाएनन् घर !

Published

on

काठमाडौँ – शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पत्तिको सवारी दुर्घटनामा परी निधन भएको छ। चन्द्रागिरि नगरपालिका-४ थानकोटमा शनिबार भएको दुर्घटनामा परी धादिङका एक दम्पत्तिको निधन भएको हो।

निधन हुनेमा धादिङ गल्छी गाउँपालिका-४ बैरेनीका ४० वर्षीय गोविन्दप्रसाद अधिकारी र उनकी ३७ वर्षीया श्रीमती जानुका अर्याल रहेका छन्। चन्द्रागिरि नगरपालिका-४ थानकोटमा गत शनिबार दिउँसो अन्दाजी ३ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।

ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए। अधिकारीको सोही दिन ट्रमा सेन्टरमा निधन भएको थियो भने श्रीमती अर्यालको भने सोमबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो।

दुर्घटनामा ज्यान गुमाउने दुवै जना शिक्षक रहेका छन्। दुवै गल्छी-५ मा रहेको जलकन्या आधारभूत विद्यालयमा कार्यरत थिए। अधिकारी सो विद्यालयका प्रधानाध्यापक थिए भने जानुका बाल विकास सहजकर्ताको रूपमा कार्यरत थिइन्।

गल्छी गाउँपालिकाका शिक्षा अधिकृत पेमादोर्जे थोकरका अनुसार उनीहरू दुबै जनाले शिक्षा सेवा आयोगको परीक्षा दिन काठमाडौं आएका थिए। तर दुवै घर पुग्न भने पाएनन्। मोटरसाइकललाई ठक्कर दिने ट्रकका सवारी चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending