Connect with us

समाचार

सस्तियो सुन, एकै दिन यति धेरै घट्यो मूल्य !

Published

on

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको चौंथो दिन बुधबार बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले घटेको छ।

नेपाली बजारमा आज छापावाला सुन १ लाख ११ हजार ७ सय रुपैंयाँमा करिबार भइरहेको छ। यस भन्दा अगाडी छापावाला सुन आइतबार र सोमबार ११ हजार ६ सय, मंगलबार १ लाख १२ हजार ५ सय र बुधबार १ लाख १२ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य १ लाख ११ हजार १ सय ५० रहेको महासंघले जनाएको छ। तेजाबी सुन आइतबार र सोमबार ११ हजार ५०, मंगलबार १ लाख ११ हजार ९ सय ५० र बुधबार १ लाख १२ हजार १ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending