Connect with us

मनोरञ्जन

नायिका एलिजा गौतमलाई खपिनसक्नु गर्मीभएपछि … [तस्विरहरु सहिर]

Published

on

काठमाडौँ – देशभर यति बेला प्रचण्ड गर्मी छ। मनसुन सुरु हुँदा ढिला हुँदा देशभरको तापक्रम उच्च छ। देशका तराईका भूभागमा तापक्रम बढेर ४३ डिग्री सेल्सियस नाघेको अवस्था छ। देशका पहाडी क्षेत्रमा पनि अहिले तापक्रम उच्च छ।

काठमाडौँमा पनि गर्मी उच्च छ। शुक्रबार काठमाडौँको उच्चतम तापक्रम ३२ डिग्री नाघ्यो। तराई जिल्लाहरुको कुरा गर्ने हो भने तापक्रम ४२ डिग्री नाघेको मौसमविदहरुले जनाएका छन्।

देशभर गर्मी बढेका बेला नायिका एलिजा गौतमलाई पनि गर्मीले छोएको छ। नागरिक उन्मुक्ति पार्टीकी नेतृ समेत रहेकी एलिजाले सामाजिक संजाल मार्फत आफूलाई पनि गर्मीले छोएको संकेत गरेकी हुन्।

गौतमले सामाजिक संजालमा ‘हाए गर्मी’ भन्दै केहि तस्विरहरु सार्वजनिक गरेकी छन्। चलचित्र, म्यूजिक भिडियोहरुमा समेत काम गरिसकेकी गौतम पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending