Connect with us

समाचार

सुतेकै अवस्थामा कोरियामा अस्ताए अनान !

Published

on

काठमाडौँ – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपाली निधन भएको छ। रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।

निधन हुनेमा झापाका अनान राई रहेका छन्। राईको सुतेकै अवस्थामा शुक्रबार निधन भएको बताइएको छ। राई सोलदेखि ३ सय किलो मिटर दक्षिण पूर्वी क्षेत्र छुङछन नाम्दोको बंगुर फार्म काम गर्दै आएका थिए।

बिहिबार राति काम सकेर सुतेका उनी शुक्रबार काममा गएनन्। कोठामा पुग्दा उनी मृत अवस्थामा फेला परे। संगै एकै कम्पनीका काम गर्ने नेपालीका अनुसार सुतेकै अवस्थामा फेला परेपछि परिवार र दूतावासमा जानकारी दिसकिएको छ। सोमबारसम्म पोष्टमार्टमको रिपोर्ट आएपछि उनको शव नेपाल पठाइनेछ।

त्यस्तै गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण निधन भएको थियो। उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा निधन भएको थियो। उनी तीन वर्षअघि कोरिया पुगेका थिए। राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending