Connect with us

राशिफल

आजबाट बुध देव अस्त हुँदै, यी राशिलाई हुनेछ अशुभ !

Published

on

ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको स्थितिमा परिवर्तन हुँदा हरेक राशिका मानिसको जीवनमा कुनै न कुनै प्रभाव अवश्य देखिन्छ। त्यसै गरी ग्रहहरूको राजकुमार बुध ग्रहले यही महिनाको जेठ २४ गते वृष राशिमा प्रवेश गरेको थियो। त्यसै गरी अब असार ४ गते बिहान ७ः१६ बजे यो राशिमा अस्त हुनेछ। बुध ग्रहको अस्ताले धेरै राशिको जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ। आउनुहोस् बुधको अस्ताएको कारण कुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्नेछ।

सिंह राशि

यस राशिमा बुध दशम घरमा अस्ताउँदै छ। यस्तो अवस्थामा यो राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्दैन। आफ्नो सपना पूरा गर्न कडा परिश्रम गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा पहिचान र इज्जतमा आँच आउन सक्छ। त्यसैले आफ्नो लक्ष्य हासिल गर्न अलिकति होसियार भएर हिड्नु आवश्यक छ। व्यापार व्यवसायमा पनि थप समस्या आउन सक्छ।

वृश्चिक राशि

यस राशिमा बुध सातौँ घरमा अस्ताउँदै छ। यस्तो अवस्थामा यस राशिका व्यक्तिले आफ्नो जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। करियरको सन्दर्भमा अलि बढी दबाब पर्न सक्छ। त्यसैले थप मेहनत गर्नुपर्ने हुनसक्छ। व्यापार व्यवसायमा पनि धेरै चुनौतीहरू आउन सक्छन्।

धनु राशि

यस राशिमा बुध छैटौँ घरमा अस्ताउँदै छ। त्यसैले योजनाविना कुनै पनि काम गर्नबाट जोगिनुपर्छ। कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने योजना बनाएर जानुहोस्। आर्थिक अवस्थाको बारेमा कुरा गर्दा अनावश्यक खर्चले चिन्तित हुन सक्छ।

मीन राशि

यस राशिमा बुध तेस्रो घरमा अस्ताउँदै छ। यस्तो अवस्थामा यो राशिका व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। व्यापारमा धेरै उतारचढाव आउन सक्छ। शत्रुहरुबाट अलि सजग रहनु पर्ने देखिन्छ।यससँगै आर्थिक स्थितिमा पनि नराम्रो असर पर्न सक्छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending