Connect with us

धार्मिक

मकर सहित ४ राशिलाई शनिको अशुभ प्रभावबाट बच्न असार १६ गते महत्त्वपूर्ण छ, गर्नुहोस् यस्ता उपाय

Published

on

असार महिनाको शुक्ल पक्षको प्रदोष व्रत असार १६ गते शनिबार मनाइंदै छ। शनिबार पर्ने प्रदोष व्रतलाई शनि प्रदोष व्रत भनिन्छ। त्रयोदशी तिथिमा प्रदोष व्रत मनाइन्छ। हिन्दु धर्ममा प्रदोष व्रतको ठूलो महत्व छ। प्रत्येक महिनामा दुई पटक प्रदोष व्रत गरिन्छ। एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा। एक वर्षमा कुल २४ प्रदोष व्रत मनाइन्छ। प्रदोष व्रतको दिन भगवान शंकर र माता पार्वतीको पूजा–आराधना गरिन्छ।

यस व्रतमा प्रदोष कालमा पूजा गर्ने प्रचलन छ। भगवान शंकर र माता पार्वतीको कृपाले मानिसले सबै प्रकारका सुखको अनुभव गर्दछ। शनिबारको दिन परेमा प्रदोष व्रतको महत्व धेरै गुणा बढ्छ। यस समय मकर, कुम्भ, धनु राशीमा शनिको साढे साती चलिरहेको छ भने मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ।

शनिको साडेसाती र ढैय्याको प्रभाव पर्दा मानिसले धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ। शनिदेवको साडेसती र ढैय्याबाट मुक्ति पाउन लिंगाष्टकम् स्तोत्रको पाठ गर्नुपर्छ। लिंगाष्टकम् स्तोत्रको पाठ गर्नाले भगवान शिवको विशेष आशीर्वाद प्राप्त हुन्छ।

ब्रह्ममुरारिसुरार्चितलिङ्गं निर्मलभासितशोभितलिङ्गम् जन्मजदुःखविनाशकलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् देवमुनिप्रवरार्चितलिङ्गं कामदहं करुणाकरलिङ्गम्रा वणदर्पविनाशनलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् सर्वसुगन्धिसुलेपितलिङ्गं बुद्धिविवर्धनकारणलिङ्गम्सि द्धसुरासुरवन्दितलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम्

कनकमहामणिभूषितलिङ्गं फणिपतिवेष्टितशोभितलिङ्गम् दक्षसुयज्ञविनाशनलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् कुङ्कुमचन्दनलेपितलिङ्गं पङ्कजहारसुशोभितलिङ्गम् सञ्चितपापविनाशनलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम्

देवगणार्चितसेवितलिङ्गं भावैर्भक्तिभिरेव च लिङ्गम् दिनकरकोटिप्रभाकरलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् अष्टदलोपरिवेष्टितलिङ्गं सर्वसमुद्भवकारणलिङ्गम्

अष्टदरिद्रविनाशितलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् सुरगुरुसुरवरपूजितलिङ्गं सुरवनपुष्पसदार्चितलिङ्गम् परात्परं परमात्मकलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् लिङ्गाष्टकमिदं पुण्यं यः पठेत् शिवसन्निधौ शिवलोकमवाप्नोति शिवेन सह मोदते।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending