Connect with us

धार्मिक

साउन १ गतेबाट चम्किने भयो चार राशिको भाग्य, मिल्नेछ लाभै लाभ !

Published

on

एजेन्सी – सूर्य हाम्रो सौर्यमण्डलको अधिपत्य हो र सबै ग्रह सूर्यको परिक्रमा गर्ने हुँदा सूर्यको हरेक अवस्थाले सबै ग्रहहरुलाई प्रभावित गर्छ। वैदिक ज्योतिषका अनुसार सूर्यको हरेक चालले सबै राशिहरुलाई पनि प्रभावित गरिरहेकै हुन्छ।

सूर्यको राशि परिवर्तन यहि साउन १ गते हुँदैछ। साउन १ गते बिहान ५ बजेर १४ मिनेटमा सूर्य मिथुन राशि छाडेर कर्कट राशिमा प्रवेश गर्नेछ। सो राशिमा पहिला देखि नै बुध ग्रह छ। दुई ग्रह एक साथ हुँदा कर्कट राशिमा बुधादित्य राजयोग निर्माण हुनेछ। बुधादित्य राजयोग बन्दा १२ राशि मध्ये केहि राशिलाई अत्यन्तै शुभ हुनेछ।

मेष राशि

कर्कट राशिमा सूर्यको गोचर मेष राशि हुनेहरुका लागि धेरै नै शुभ सावित हुनेछ। जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। नयाँ कामको थालनी हुन सक्छ। पदोन्नतीको पनि सम्भावना देखिन्छ। शैक्षिक रुपमा पनि बुधादित्य योग मेष राशिका लागि शुभ सावित हुनेछ। शुभ समाचार प्राप्त हुनेछ।

मिथुन राशि

सूर्य गोचरका कारण मिथुन राशिका व्यक्तिहरूले आफ्नो जीवनमा महत्वपूर्ण लाभको अनुभव गर्नेछन्। आँटेका सम्पूर्ण कार्य सफल हुनेछन्। भाग्यले साथ दिँदा महत्वपूर्ण निर्णय लिन सकिनेछ र महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। स्वास्थ्यमा पनि सुधार आउने देखिन्छ। मित्रजन तथा परिवारजनबाट उल्लेख्य सहयोग प्राप्त हुन सक्ला।

कर्कट राशि

सूर्य कर्कट राशिमा गोचर हुने बित्तिकै यस राशिका व्यक्तिहरूको समय क्रमशः सुधार हुँदै जानेछ। स्वास्थ्य सम्बन्धी समस्या हटेर जाँदा दैनिकीहरुमा सकारात्मक परिवर्तन हुनेछ। वैवाहिक जीवनमा रहेका समस्या आफैं हटेर जानेछन्। जागिर परिवर्तनको अवसर मिल्न सक्ला। क्षमता अभिवृद्धि गर्दा फड्को मार्नको लागि उचित मौका मिल्न सक्छ।

तुला राशि

सूर्यको राशि परिवर्तनले आफ्नो व्यवसायलाई नयाँ उचाइमा लैजान मद्दत पुर्याउनेछ। नयाँ कामको थालनी पनि हुन सक्ला। लामो समय देखि रहेका कानुनी झमेलाबाट छुटकारा मिल्नेछ। पैत्रिक सम्पत्ति प्राप्त हुन सक्ला। कलाकार तथा खेलाडीहरुका लागि पनि सूर्यको राशि परिवर्तन शुभ हुनेछ। लाभप्रद यात्राको अवसर जुर्न सक्छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending