Connect with us

धार्मिक

भोलिको दिन कसको-कसको चम्किनेछ भाग्य, कुन राशिलाई बढी शभ ?

Published

on

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिन तपाईका लागि अन्योलले भरिपूर्ण रहनेछ। बोलीमा नियन्त्रण राख्नु होला अन्यथा समस्या आउन सक्छ । यात्रामा जाने तयारी गर्दै हुनुहुन्छ भने निकै सावधान रहनु होला। दुर्घटनाको डर छ । काम पूरा गर्न बढी परिश्रम गर्न पर्नेछ। परिवारका सदस्यहरू बीच मतभेद हुन सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन तपाईका लागि विशेष रहन सक्छ । व्यापार गर्ने व्यक्तिहरूले आफ्ना विरोधीहरूको चाल बुझ्ने सक्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई ध्यान दिनुहोला । इच्छा अनुसार काम सफल हुनेछन् । यात्राको अवसर जुर्न सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन मध्यम फलदायी रहनेछ। आर्थिक समस्याबाट सहजै छुटकारा मिल्नेछ । पुराना साथीहरुसंग भेटघाट हन सक्छ। बाधाहरु आफैं हटेर जानेछन्। घरजग्गा कारोबारमा काम गर्ने व्यक्तिहरूका लागि दिन विशेष हुन सक्छ। राजनीति तथा समाजसेवा गर्ने व्यक्तिहरुका लागि पनि दिन शुभ मान्न सकिन्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शैक्षिक कार्यमा ध्यान दिनुहोला। कठिनाइहरू आउन सक्छन्। कामको बोझ अत्याधिक हुनेछ । यधपी आत्मविश्वास भने प्रचुर मात्रामा रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। कामको अवस्था सन्तोषजनक रहनेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। काममा वैदेशिक यात्रामा जाने सम्भावना छ । यात्रा लाभदायक हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बोली र व्यवहारमा नियन्त्ररण राख्दा राम्रो हुनेछ। केहि मामिलामा तपाई कमजोर महसुस गर्नुहुनेछ। यसका कारण तपाईका विरोधीहरूले तपाईलाई पराजित गर्न सक्छन्।  साथीहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ । महत्वपूर्ण सामान किन्ने तपाईको सपना पनि पूरा हुन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईले सावधानी अपनाउनु पर्नेछ । जीवनसाथीसँग मनमुटावको सम्भावना छ, जसकारण बोलीमा नियन्त्रण राखेकै राम्रो होला छ । विशेष व्यक्तिलाई भेट्ने मौका मिल्नेछ। तर सकेसम्म आर्थिक लेनदेन देखि टाढा रहेकै राम्रो हुनेछ। बहुमूल्य सामान गराउन सक्ने हुँदा ध्यान दिनु होला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तपाईका लागि दिन चिन्ताजनक रहनेछ। सन्तानको वैवाहिक समस्याले चिन्तित बनाउनेछ। जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि धैर्यधारण आवश्यक पर्नेछ। कार्यस्थलमा कुनै विवादको स्थिति उत्पन्न भएमा वातावरणलाई सामान्य बनाउन बोलिमा नियन्त्रण राख्नु होला। यदि तपाइँको कुनै पुरानो लेनदेन लामो समय को लागी अड्किएको थियो भने, त्यो पनि फिर्ता पाउन सक्नुहुन्छ। सेयर बजारमा लगानी गर्नेहरुका लागि दिन राम्रो रहनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि  दिन राम्रो रहनेछ । तपाईको सम्पत्ति वृद्धि हुनेछ र तपाईले नयाँ वस्तु पनि खरीद गर्न सक्नुहुनेछ। साथीसँग विवाद चलिरहेको थियो भने त्यो हट्नेछ। कार्यस्थलमा तपाईका केही सहकर्मीहरूले तपाईको काममा अवरोध सिर्जना गर्ने प्रयास गर्न सक्छन्। जुनसुकै काममा लागे पनि सफलता पक्कै मिल्नेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

निराशाजनक समाचार आउन सक्छ। व्यापारमा केही नाफा कमाउन सकिने भएपनि खर्च बढ्नेछ। समयमा निर्णय गर्न नसक्दा महत्वपूर्ण काम फुत्किन सक्ला। अरुले साथ नदिएपनि आफन्तजन र परिवारजनबाट राम्रो साथ र सहयोग मिल्नेछ। खेलाडीहरुका लागि दिन शुभ रहन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

दिन चिन्ताजनक रहनेछ। सामान्य स्वास्थ्य समस्याहरूलाई पनि बेवास्ता नगर्नु होला। अरुको कुरा सुनेर गरिएको निर्णय भारी पर्न सक्छ। परिवारबाट प्राप्त सुझावलाई नजर अन्दाज गर्दा समस्या निम्तिन सक्छ। सके सम्म आर्थिक लेनदेन पनि नगरेकै राम्रो।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

दिन मिश्रित फलदायी रहनेछ। सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई सम्मान प्राप्त हुनेछ। यात्राको अवसर पनि मिल्न सक्ला। विद्यार्थीहरुका लागि पनि दिन शुभ मान्न सकिन्छ। पारिवारिक रुपमा भने दिनलाई शुभ मान्न सकिँदैन। दिनको मध्यान्नमा शुभ समाचार प्राप्त हुन सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन धेरै शुभ रहनेछ । पारिवारिक जीवन उल्लासमय रहनेछ । आम्दानी नयाँ श्रोतहरु फेला पर्नेछन्। आफ्नो निर्णयमा फेरबदल गर्दा लाभ मिल्न सक्छ। विदेशी यात्राको अवसर जुर्न सक्छ। कानुनी समस्याबाट छुटकारा मिल्नेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending