Connect with us

धार्मिक

तुला राशिमा हुँदैछ चार ग्रहको जमघट, पाँच राशिको चम्किनेछ भाग्य !

Published

on

एजेन्सी – यो अक्टोबरको महिनामा तुला राशिमा चार ग्रहको जम्काभेट हुँदैछ। मंगल र केतु तुला राशिमा पुगिसकेका छन् र अब अक्टोबर १८ मा सूर्य तुला राशिमा प्रवेश गर्नेछ। त्यसको भोलिपल्ट अक्टोबर १९ मा बुध पनि कन्याबाट तुला राशिमा सर्नेछ।

यसरी चार ग्रह एकै राशिमा भेट हुँदा त्यसको असर सबै राशिमा पर्नेछ। ग्रहचक्रका १२ राशि मद्ये केहि राशिलाई धेरै नै लाभ मिल्नेछ। चार ग्रहको भेट हुँदा सबै भन्दा बढी कुन राशिलाई लाभ ? हेर्नुहोस् !

मेष राशि

तुला राशिमा हुने ग्रहहरूको मिलनले मेष राशिलाई धेरै लाभ दिलाउनेछ। मेष राशिका व्यक्तिहरुको स्वास्थ्यमा धेरै सुधार आउने देखिन्छ । व्यवसायीहरूले लामो समय देखि अड्किएका काम सम्पन्न भएको देख्नेछन् भने नउठेका रकम फिर्ता हुनेछन्। घर र कार्यस्थलको वातावरण पनि धेरै रमाइलो हुनेछ। परिवारमा पनि खुशीको वातावरण रहनेछ।

मिथुन राशि

अक्टोबरमा बनेको ग्रहको शुभ संयोगका कारण मिथुन राशिका व्यक्तिहरुलाई आकष्मिक धन प्राप्ति हुनेछ। लामो समयदेखि चिन्तित हुनुभएका धेरै कामहरू पूरा हुनेछन्। परिवारका सदस्यहरूसँगको सम्बन्धमा उल्लेखनीय सुधार हुनेछ। कानुनी रुपमा रहेका समस्याहरुबाट पनि छुटकारा मिल्नेछन्। शिक्षाको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुनेछ।

कन्या राशि

कन्या राशिका लागि यी ४ ग्रहको मिलन निकै शुभ रहनेछ। आर्थिक लाभका साथसाथै कार्यस्थलमा पनि प्रगति हुने सम्भावना रहनेछ। व्यापारमा राम्रो नाफा मिल्नेछ । व्यवसायमा साथीभाइबाट ठूलो सहयोग मिल्नेछ। खेलाडीहरुका लागि चार ग्रहको मिलन सफलताले भरिपूर्ण रहनेछ। वैदेशिक यात्राको अवसर पनि मिल्न सक्ला।

मकर राशि

मकर राशिका लागि अक्टोबर महिना धार्मिक कार्यले भरिपूर्ण रहनेछ। पूजामा रुचि बढ्नेछ। तुला राशिमा शुभ योग बन्ने भएकाले रोकिएका काम पुरा हुनेछन् र कार्यालयको काममा मान सम्मान मिल्नेछ। इच्छित परिणामहरू प्राप्त हुनेछन्। सामाजिक कार्यमा हात अगाडी बढाउन सकिनेछ। प्रेम जीवन पनि उल्लासमय रहनेछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending