Connect with us

धार्मिक

दशैंमा ३० वर्षपछि जुर्ने भयो दुर्लभ संयोग, पाँच राशिका लागि खुल्ने भयो भाग्यको डोका !

Published

on

एजेन्सी – यसपालीको नवरात्रीको सुरुवात बुधादित्य योग, शश योग और भद्र नामक राजयोग जस्ता दुर्लभ संयोग संगै हुने भएको छ। ज्योतिषीहरुका अनुसार नवरात्रीको सुरुवातमै बुधादित्य योग, शश योग और भद्र नामक राजयोग जुर्ने भएका हुन्।

यी योगहरुका कारण ग्रहचक्रका पाँच राशिलाई सबै भन्दा बढी लाभ मिल्नेछ। सबै भन्दा बहि लाभ कसलाई मिल्ला ? हेर्नुहोस् !

मेष राशि

मेष राशि हुनेहरुका लागि बुधादित्‍य योग धेरै शुभ रहनेछ। नवरात्रीभर माता भवानीको आशिर्वाद मिल्दा जीवनमा रहेका धेरै समस्याहरु हटेर जानेछन्। घरको वातावरण उल्लासमय रहनेछ। आर्थिक अवस्था सुधार हुनेछ। स्वास्थ्यमा पनि सुधार हुने देखिन्छ। धार्मिक यात्राको अवसर जुर्न सक्ला। लामो समय देखि रहेका दुश्मनीको अन्त्य हुनेछ।

वृष राशि

नवरात्रिमा माता दुर्गाको कृपा र बुधादित्य योगको प्रभावले वृष राशिका मानिसहरुले लामो समयदेखि रोकिएको धन प्राप्त गर्नेछन्। करियरमा प्रगति हुनेछ भने उच्च अधिकारीहरुबाट प्रशंसा मिल्नेछ। विशेष सम्मान मिल्ने सम्भावना पनि देखिन्छ। महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । परिवारमा वातावरण सुखद रहनेछ। नयाँ कार्यको थालनी हुन सक्नेछ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिका लागि बुधादित्य राजयोग निकै लाभदायक रहनेछ । माता दुर्गा तपाईंप्रति दयालु हुनुहुनेछ र तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ। समाजमा मान सम्मान बढ्नेछ भने साथीभाइको सहयोगले रोकिएका धेरै कामहरु सहजै सम्पन्न हुनेछन् । जागिरको शुभ समाचार आउन सक्छ । बिदेश जाने कोशिस गर्नेहरुले यस समयमा आफ्नो काममा सफलता प्राप्त गर्नुका साथै उनीहरुको बाटो सहज हुनेछ ।

तुला राशि

बुधादित्य राजयोग को निर्माण को कारण तुला राशिका व्यक्तिहरु समृद्ध हुनेछन्। तपाईका लागि सफलताका धेरै शुभ योगहरु बन्नेछन् । नवरात्रिमा माता दुर्गाको व्रत गर्नाले इच्छित फल प्राप्त हुनेछ । एकभन्दा बढी स्रोतबाट मनग्गे आम्दानी हुनेछ । पहिलेदेखि नै बिरामी भएकाहरूको स्वास्थ्यमा सुधार आउनेछ । पैतृक सम्पत्तिसम्बन्धी कुनै पनि विवाद सुल्झाउन सकिनेछ । सुन किन्ने अवसर मिल्नेछ । परिवारमा सुख शान्तिको वातावरण बन्नेछ भने सबै मानिसमा आपसी समझदारी बढ्नेछ ।

मकर राशि

मकर राशिका लागि बुधादित्य योगको निर्माण वरदान सावित हुन सक्छ । नवरात्रिको मध्यमा कुनै शुभ समाचार प्राप्त हुन सक्छ । तपाईंको क्यारियर प्रगति हुनेछ र फलाम व्यवसायमा संलग्न व्यक्तिहरूको मुनाफा दोब्बर छिटो बढ्नेछ। तपाईको घरमा भौतिक सुखका साधनहरु बढ्नेछन् । रोजगारीमा जानेहरूको पदोन्नति र तलब वृद्धिको सम्भावना रहन सक्छ । आफ्नो काममा ध्यान दिनुहोस् र आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending