Connect with us

धार्मिक

दीपावली भन्दा अगाडी ग्रह चक्रमा शनिको राशि परिवर्तन, चार राशिलाई शुभ नै शुभ !

Published

on

एजेन्सी – यस समयमा न्यायका देवता शनिदेव आफ्नै राशि कुम्भमा वक्री चालमा छन् । वैदिक ज्योतिषशास्त्रमा शनिलाई अत्यन्त महत्वपूर्ण ग्रह मानिएको छ । यस ग्रहका हरेक चालले सम्पूर्ण राशिमा प्रभाव पार्छन्।

शनिले आफ्नै साप्ताहिक दिन अर्थात नोभेम्बर ४ शनिबारका दिन गति परिवर्तन गर्नेछ । ज्योतिषविद्हरुका अनुसार शनिग्रहमा हुने यो परिवर्तनले हरेक राशिका मानिसहरुमा प्रभाव पर्नेछ । जसका कारण यसले केही राशिका लागि अनुकूल प्रभाव देखाउनेछ भने केही राशिका लागि भने शनिमा हुने यो परिवर्तनले प्रतिकूल प्रभाव पनि देखाउनेछ ।

ज्योतिषविद्हरूका अनुसार दीपावलीअघि शनिको चालमा आएको यो परिवर्तनले केहि राशिमा धेरै शुभ प्रभाव पार्नेछ। शनिको चाल परिवर्तनले सबै भन्दा बढी कुन राशिलाई लाभ मिल्ला ?

मेष राशि

विज्ञहरुका अनुसार शनिको चालमा आउने परिवर्तनका कारण पहिलो राशि अर्थात मेष राशिका मानिसहरुको मान सम्मानमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगतिहुनुका साथै धनको आगमन हुने योग रहनेछ । नयाँ साथी बन्नेछन्, जसबाट भविष्यमा लाभ मिल्नेछ । कार्यक्षेत्रमा स्थिति मजबुत रहनेछ भने रोकिएको धन पनि पाउन सकिनेछ ।

वृष राशि

यस परिवर्तनको फलस्वरूप राशिको दोस्रो राशि मानिने वृष राशिलाई भाग्यको साथ मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनुका साथै परिवारसँग धार्मिक यात्रामा जाने अवसर मिल्नेछ । राम्रो समाचार प्राप्त गर्नुका साथै कार्यस्थलमा सहकर्मीहरूबाट सहयोग प्राप्त गर्ने सम्भावना छ। यसका साथै रोकिएका सबै कामहरु पनि सम्पन्न हुनेछन् ।

मिथुन राशि

शनिको चाल परिवर्तनले राशिको तेस्रो राशि मिथुन राशिका जातकका लागि आर्थिक लाभ हुने देखिन्छ । खर्च नियन्त्रण हुनेछ। कला कौशलमा निखार प्राप्त हुनेछ। स्वास्थ्य पनि राम्रो हनेछ। कानुनी समस्या देखि छुटकारा मिल्न सक्ला।

धनु राशि

शनिको चाल परिवर्तनका कारण धनु राशिका जातकहरुले सबै काममा सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ । यस समयमा आत्मविश्वास बढ्नुका साथै मिहिनेतको ठूलो फल पनि प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनुका साथै जीवनमा सुख र समृद्धि पनि आउनेछ । घरमा सुख शान्तिको वृद्धि हुनेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending