Connect with us

धार्मिक

१ सय ४० वर्ष पछि शनिले दिँदै खुशीको खबर, तीन राशिका लागि खुल्ने भयो चमत्कारिक ढोका !

Published

on

एजेन्सी – शनि गोचर : कर्मका देवता शनि जब प्रसन्न हुन्छन्, तब व्यक्तिको जीवनमा सुख को अनुभूति हुन्छ । यस्तो मानिस राजाजस्तै जीवन बिताउँदछ। साथै शनिदेवको कुदृष्टिले पनि जीवनमा समस्या निम्त्याउँछ । अन्य ग्रहको तुलनामा शनि ग्रह निकै सुस्त गतिमा अघि बढ्छ ।

शनिले नोभेम्बर महिनामा आफ्नो चाल परिवर्तन गर्न लागेको छ, जसको प्रभाव सबै राशिमा पर्नेछ । ४ नोभेम्बरका दिन शनिदेवले सीधा गतिले कुम्भ राशिमा गोचर गर्नेछ । आउनुहोस् जानिराखौं कुन राशिका लागि मार्गी शनि लाभदायक साबित हुनेछ –

मेष राशि
शनिदेवको सिधा चाल मेष राशिका मानिसहरुका लागि निकै लाभदायक रहनेछ । दिवाली अघि तपाईको भाग्यले धेरै साथ दिनेछ । कुनै पनि नयाँ कामको थालनी का लागि समय अत्यन्त शुभ रहनेछ । व्यवसायको क्षेत्रमा, विस्तारको योजना बनाउन सकिनेछ। रोजगारीको क्षेत्रमा उल्लेख्य प्रगति हात लाग्नेछ। साथै स्वास्थ्य पनि राम्रो रहनेछ ।

मिथुन राशी
मिथुन राशि का जातकका लागि शनिको गोचर निकै लाभदायक रहने सम्भावना छ । तपाईंको प्रेम सम्बन्धमा चलिरहेको कठिनाइहरू टाढा जान थाल्नेछन्। व्यापार व्यवसायमा साझेदारको पूर्ण सहयोग मिल्नेछ । तपाईं शक्तिशाली रहनुहुनेछ। आफ्नो मनलाई पूजामा लगाउँदा मानसिक तनावबाट छुटकारा मिल्नेछ । उल्लेख्य आर्थिक प्रगति हुनेछ।

धनु राशि
धनु राशिका मानिसहरुका लागि शनिदेवको गोचर अत्यन्त शुभ रहनेछ । व्यापार व्यवसायमा पदसँग सम्बन्धित केही ठूला जिम्मेवारीहरु प्राप्त हुनेछन् । परिवारमा सुख शान्तिको वातावरण बन्नेछ । स्वास्थ्यसम्बन्धी समस्या हटेर जानेछ । परीक्षाको तयारी गरिरहेका विद्यार्थीले राम्रो समाचार प्राप्त गर्न सक्नेछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending