Connect with us

धार्मिक

आज यी राशिको भाग्यमा लाग्ने भयो घाम, खुल्ने भयो चमत्कारिक ढोका ! हेर्नुहोस् दैनिक राशिफल !

Published

on

मेष राशि
नयाँ कामको थालनी गर्नु अघि अनुभवी व्यक्ति र परिवारका सदस्यहरुसंग मार्गदर्शन र सल्लाह लिँदा उचित हुनेछ। पूँजी लगानी गर्दा होसियार हुनुहोस्। कसैको बहकाउमा लाग्दा समस्या उत्पन्न हुन सक्छ । पढाइका लागि ऋण लिनुपर्ने अवस्था आउन सक्ला।

वृष राशि
आफ्नो बानीको कारणले तपाई आफ्ना प्रियजनहरूबाट टाढा हुनुहुनेछ। समयमै आफ्नो स्वभाव र व्यवहार परिवर्तन गरे राम्रो हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । नयाँ सम्पर्क स्थापित हुनेछन्।

मिथुन राशि
परिवारका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। कार्यस्थलमा सहजै सफलता मिल्नेछ । जुनसुकै काम गर्नुहोस्, पूर्ण आत्मविश्वास र आनन्दका साथ गर्नुहोस्। अवश्य सफलता मिल्नेछ। भाग्यले साथ दिने देखिन्छ।

कर्कट राशि
नयाँ व्यापारको थालनी शुभ रहनेछ । कान सम्बन्धित दुखाइ हुन सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्, यसले हानि हुन सक्छ। जागिरमा परिवर्तनको सम्भावना छ । राजनीतिमा आबद्ध व्यक्तिहरूले इच्छित सफलता हात पार्न सक्छन्।

सिंह राशि
आर्थिक समस्या समाधान हुने आशा छ। तपाईंले जसलाई सहयोग गर्नुभयो, त्यही मानिसहरूले तपाईंको विरोध गर्नेछन्। रुची अनुसार काम पाएपछि मन प्रसन्न रहनेछ । विलासितामा खर्च हुनसक्छ, मानसिक अस्थिरता रहनेछ।

कन्या राशि
वैचारिक मतभेद समाधान हुनेछ। कसैसँग आफ्नो भावना व्यक्त गर्ने मौका मिल्नेछ। व्यापारमा नयाँ सम्झौता लाभदायक हुनेछ। बाँकी रहेका काम पूरा हुन केही समय लाग्न सक्छ। शुभ खर्चको सम्भावना छ ।

तुला राशि
विगतलाई बिर्सनुहोस् र आफ्नो सम्बन्धमा नयाँ सुरुवात गर्नुहोस्। तपाईको प्रगतिले तपाईको प्रतिद्वन्द्वीलाई समस्यामा पार्न सक्छ। राजनीतिको कारणले गर्दा शत्रुहरूले तपाईलाई हानि गर्ने हरसम्भव प्रयास गर्नेछन्।

वृश्चिक राशि
सामाजिक वर्चस्व बढ्नेछ। दिमागमा एउटै कुरा खेलनाले मानसिक तनाव बढ्न सक्छ। ऋण फिर्ता हुनेमा शंका छ । काममा साथीभाइले सहयोग गर्नेछन् । यात्रा सुखद रहनेछ।

धनु राशि
काममा सहकर्मीहरूले तपाईंको सफलताको ईर्ष्या गर्नेछन्। काममा ढिलाइले चिन्ता बढ्नेछ। व्यवसायमा नयाँ प्रविधिको प्रयोगले फाइदा हुनेछ । दिदीबहिनीसँग झगडा हुन सक्छ । धन आर्जनमा परेको अवरोध हट्नेछ ।

मकर राशि
धार्मिक वातावरणमा समय बित्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आमाको स्वास्थ्यमा चिन्ता रहनेछ। पारिवारिक शुभकार्यको योजना बन्नेछ । कुनै महत्त्वपूर्ण विषयमा साथीभाइसँग छलफल हुनेछ।

कुम्भ राशि
रोकिएका काम र योजनालाई कार्यान्वयन गर्न हरसम्भव प्रयास रहनेछ। स्वास्थ्य समस्याका कारण तनाव उत्पन्न हुनेछ, तर नआत्तिनुहोस्, आफ्नो भाग्यमा भरोसा राख्नुहोस्। सबै कुरा अनुकूल हुनेछ। जीवन साथीबाट सहयोग मिल्नेछ ।

मीन राशि
नयाँ योजनाहरूमा बुद्धिमानीपूर्वक पूँजी लगानी गर्नुहोस्। जग्गाजमिन सम्वन्धी पुराना विवाद लम्बिनेछ, शत्रु परास्त हुनेछन् । नयाँ सम्पर्कहरूले तपाईंलाई प्रसिद्धि दिलाउन सक्छ। व्यापार विस्तारको सम्भावना छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending