Connect with us

धार्मिक

आज यी राशिलाई मिल्दै पलाञ्चोक भगवती माताको आशिर्वाद, हेर्नुहोस् दैनिक राशिफल !

Published

on

मेष – दिनको प्रारम्भमा रोकावट सहित काम हुनेछ। सावधानीपूर्वक सवारी साधन प्रयोग गर्नुहोस्। आँखा दुख्न सक्छ। डर र चिन्ताको वातावरण रहनेछ। चोटपटक, चोरी, विवाद आदिका कारण हानि हुने सम्भावना छ ।

वृष – हतारका कारण हुने हानि र दुर्घटनाबाट बच्नुहोला। सावधानी अपनाउन जरुरी देखिन्छ। व्यापार व्यवसायमा प्रतिद्वन्द्वी पराजित हुनेछन् । प्रेम सम्बन्धमा अनुकूलता रहनेछ। सरकारी सहयोग मिल्नेछ । कार्य सम्पन्न हुनेछन् ।

मिथुन – नयाँ व्यक्तिसँग सम्पर्क गर्दा फाइदा हुनेछ। बिहीबार यात्राको योग पनि देखिन्छ। सम्पत्तिको कामबाट लाभ मिल्नेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ।  प्रेम जीवन सुखद रहनेछ।

कर्कट – आफ्नो कामलाई विस्तार गर्ने योजना बनाउँदा अनुभवी व्यक्तिको सल्लाह लिनुहोस्, यसले धेरै फाइदा हुनेछ। परिवारमा चिन्ता बढ्नेछ। सामान्य कार्यको लागि पनि दौडधुप गर्नुपर्नेछ । घरेलु सुख मिल्नेछ । आम्दानी हुनेछ ।

सिंह – घरजग्गासँग सम्बन्धित मामिला मिल्नेछ। तनाव, चिन्ता, भय र अस्वस्थताको वातावरण रहनेछ। जोखिम नलिनुहोस्, समस्यामा नपर्नुहोस्। घाटा हुने सम्भावना छ ।

कन्या – वैवाहिक प्रयास सफल हुनेछन्। जीविकोपार्जनका नयाँ बाटो खुल्नेछन् । आर्थिक लाभ हुनेछ। प्रतिष्ठा बढ्नेछ। बहुमूल्य वस्तु जोड्ने अवसर मिल्नेछ।  आम्दानी हुनेछ । शैक्षिक रुपमा पनि दिन राम्रो रहने मान्न सकिन्छ।

तुला -सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । समाजमा आत्मसम्मान बढ्नेछ। चिन्ता र डरले तपाईलाई सताउनेछ। मद्यन्न पश्चात स्वास्थ्यमा ध्यान दिनु होला। यात्रा हुनेछ, घर वा पसल बदल्ने सम्भावना छ।

वृश्चिक – पुरानो लगानीबाट लाभ मिल्नेछ । यात्रा सफल हुनेछ। पैसा कमाउन सजिलो हुनेछ। दिन ऊर्जाले भरिपूर्ण रहनेछ। सामाजिक संस्थामा आबद्ध हुने अवसर मिल्नेछ । लामो समय देखि भेट नभएका मित्रजनसंग भेटघाट हुँदा मन आनन्दित रहनेछ।

धनु – गवान विष्णुको कृपाले सबै काम सजिलै सम्पन्न हुनेछन् । धनु राशिका व्यक्तिहरूले नयाँ व्यक्तिहरूसँग मित्रता बनाउन सफल हुनेछन् र परिवार र साथीहरू बीच आपसी मेलमिलाप हुनेछ। प्रेम जीवन सुखद रहनेछ भने सरकारी क्षेत्रबाट सहयोग प्राप्त समेत हन सक्ला।

मकर राशि – आलस्यता बढ्नेछ। स्वास्थ्य कमजोर रहनेछ। विवादले मन दुख्नेछ। यात्रामा समस्या आउन सक्छ। खर्च बढ्नेछ। नराम्रो संगतबाट जोगिनुहोस्। जोखिम नलिनुहोस्। नयाँ व्यक्तिहरूबाट सावधान रहनु होला। समयमै निर्णय गर्न नसक्दा महत्वपूर्ण काम असफल हुन सक्ला।

कुम्भ राशि – गोपनियता राख्नु होला। महत्वपूर्ण योजना बहिरिनाले समस्या पैदा गर्न सक्छ। नयाँ योजना बन्नेछ । कार्यशैलीमा सुधार आउनेछ । प्रतिष्ठा बढ्नेछ। थप मेहनत हुनेछ। धन आर्जनमा वृद्धि हुनेछ । दिनको अन्त्यमा शभ समाचार प्राप्त हुने सम्भावना छ।

मीन- कसैलाई हानि पुर्‍याउनबाट बच्नुहोस्। तपाईको प्रगतिको सबैभन्दा ठूलो बाधा तपाईको क्रोध हुनेछ। तन्त्र-मन्त्रमा रुचि बढ्नेछ। बाह्य सहयोग प्राप्त हुनेछ। लगानी शुभ रहनेछ । शत्रुहरु शान्त रहनेछन् । शारीरिक पीडा हुन सक्छ।v

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending