Connect with us

Uncategorized

सूर्यको राशि परिवर्तनमा बन्ने भयो क्रूर योग, मेष सहित चार राशि रहनुस् सावधान !

Published

on

एजेन्सी – अक्टोबर १७ मा सूर्यको गोचर तुला राशिमा हुनेछ । यस अवधिमा सूर्य तुला राशिको आरोही घरमा गोचर गर्नेछन् । सूर्यको यो गोचर अत्यन्त महत्वपूर्ण मानिन्छ किनभने यो गोचरपछि तुला राशिमा तीन क्रूर ग्रहको त्रिग्रह योग बनिरहेको छ । वास्तवमा सूर्य, मंगल र केतु तुला राशिमा सँगै बस्नेछन् ।

तुला राशिमा तीन ग्रहको एक साथ आउनु ज्योतिषीय दृष्टिले शुभ मानिँदैन । सूर्यको यो गोचरको प्रभावका कारण आगामी एक महिना ४ राशिका मानिसहरुका लागि निकै कष्टकर साबित हुन सक्छ । आउनुहोस् जानिराखौं कुन राशिले सूर्य गोचरमा नकारात्मक प्रभाव पार्छ !

मेष राशि – सूर्य गोचरको प्रभावले मेष राशिका व्यक्तिहरूले आगामी एक महिनामा धेरै पारिवारिक झगडाको सामना गर्नुपर्ने हुन सक्छ। यति मात्र होइन, यो समयमा तपाईंले आफ्नो करियरमा पनि धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा हाकिम र सहकर्मीहरूसँग विवाद उत्पन्न हुन सक्छ। तपाईंले कडा परिश्रम गरे जस्तै परिणामहरू प्राप्त गर्न सक्षम हुनुहुने छैन। यसको मतलब तपाईले आफ्नो कामको नतिजा ढिलो पाउनुहुनेछ।

वृष राशि – वृष राशिका लागि सूर्यको यो गोचर पनि कष्टप्रद रहनेछ । यस अवधिमा सूर्य तपाईको राशिबाट छैठौं घरमा हुनेछ। यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्न आवश्यक छ। साथै, चोटपटक आदिको सम्भावना रहेकोले सवारी साधनलाई सावधानीपूर्वक प्रयोग गर्नुहोला। यदि तपाइँसँग कुनै पुरानो ऋण छ भने त्यसले समस्या निम्त्याउन सक्छ। न्यायिक मामिलामा पनि अलि सजग रहनुहोला ।

कन्या राशि – सूर्यको यो गोचर स्वास्थ्यको दृष्टिले कन्या राशिका मानिसका लागि हानिकारक साबित हुने देखिन्छ । यस समयमा तपाईलाई घाँटी सम्बन्धी समस्या हुन सक्छ। तपाईले धेरै सावधान रहनु आवश्यक छ। सके सम्म चिसो देखि बच्नु होला। आफ्नो स्वास्थ्यको बारेमा लापरवाह नभएकै राम्रो। आर्थिक रुपमा पनि समस्याहरु आइपर्न सक्छन्। घरपरिवारमा पनि कुनै कुरामा मनमुटाब हुन सक्छ।

वृश्चिक राशि – सूर्य वृश्चिक राशिबाट १२औँ घरमा गोचर हुनेछ । साथै वृश्चिक राशिको स्वामी मंगलको साथ रहनेछ । यस्तो अवस्थामा वृश्चिक राशिका व्यक्तिलाई चोटपटक, दुर्घटना आदिको खतरा रहन्छ । त्यसैले अलिकति सावधानी अपनाउनुपर्छ । बढी रिसाउने बानिले समस्यामा पार्न सक्छ। सकेसम्म क्रोधलाई नियन्त्रणमा राख्नु होला। घरपरिवारमा केही समस्याको कारण तनाव रहनेछ। दाम्पत्य जीवनमा पनि सावधानी अपनाउनुहोला ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending