Connect with us

धार्मिक

शनिबार १ सय ७८ पछि जुर्ने भयो दुर्लभ संयोग, तीन राशिको भाग्यको खुल्ने भयो ढक्कन !

Published

on

एजेन्सी – ज्योतिषशास्त्रका अनुसार सन् २०२३ को दोस्रो र अन्तिम सूर्यग्रहण पितृ पक्षमा सर्व पितृ अमावस्याको दिन शनिबार लाग्दैछ। यस समय कन्या राशिमा सूर्य र बुध एकसाथ उपस्थित भई अति शुभ बुद्धादित्य योग बनिरहेका छन्, जसका कारण ग्रहण भए पनि तीन राशिको शुभफल बढ्नेछ ।

ज्योतिषका अनुसार सूर्यग्रहण र बुद्धादित्य योग यसअघि १८४५ मा सर्वपित्री अमावस्यामा भएको थियो । १ सय ७८ साल पश्चात बुद्धादित्य योगमा सूर्य ग्रहण लाग्दा निम्न राशिहरुलाई अत्यन्त लाभ मिल्नेछ।

मिथुन – ज्योतिष शास्त्रका अनुसार वर्षको अन्तिम सूर्यग्रहणमा बन्ने बुद्धादित्य योग मिथुन राशिका व्यक्तिहरुका लागि शुभ रहने छ । आफ्नो अड्किएको पैसा फिर्ता पाउन सकिनेछ र खुसीले ढोका ढकढकाउन सक्छ । यस समयमा धन आर्जन गर्ने अवसर मिल्नेछ र काममा लाभ मिल्नेछ। साथै, भाग्यले साथ दिनेछ।

यस बाहेक मिथुन राशिका व्यक्तिहरुको कार्यस्थलमा प्रशंसा मिल्नेछ । परिवारका सदस्यहरूसँग गुणस्तरीय समय बिताउने मौका मिल्नेछ। यसको प्रभावले व्यवसायीले नयाँ ठेक्का पाउनुका साथै व्यवसायमा नाफा कमाउने अवसर प्राप्त गर्न सक्नेछन् । नयाँ सम्पत्ति तथा वस्तु खरिदका लागि पनि यो समय उपयुक्त छ ।

मकर राशि – मकर राशिका व्यक्तिहरुका लागि सूर्यग्रहणले अधुरा कार्यहरु पुरा गर्ने अवसर प्रदान गर्नेछ । साथै यस समयमा आम्दानीका नयाँ श्रोतहरु सृजना हुनेछन् र आफ्नो धन सम्पति बढाउन सफल भइनेछ । सूर्यग्रहणको समयमा बन्ने बुद्धादित्य योग मकर राशिका व्यक्तिहरूलाई नयाँ व्यापार र नयाँ कामको जिम्मेवारीमा प्रवेश गर्न अनुकूल हुनेछ।

सही लगानीले तपाईंलाई उच्च स्तरको नाफा दिनेछ। नयाँ सम्पत्ति खरिद गर्दा राम्रो प्रतिफल प्राप्त मिल्न सक्छ । लामो समयदेखि रोकिएको काम पूरा हुने दुर्लभ अवसर मिल्नेछ र आर्थिक संकटबाट राहत मिल्नेछ। मकर राशि हुनेहरुको स्वास्थ्य पनि राम्रो रहनेछ ।

तुला राशि – यस वर्षको अन्तिम सूर्यग्रहणले तुला राशि हुनेहरुको भाग्य उज्यालो बनाउनेछ । यस समयमा तुला राशि हुनेहरुले व्यापारमा बढी लाभ प्राप्त गर्नेछन्। सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। यस समयमा तुला राशिका व्यक्तिहरूले बचत गर्न सक्नेछन्, धनको चलखेल पनि राम्रो रहनेछ।

तपाईंले आयका नयाँ स्रोतहरू प्राप्त गर्नुहुनेछ र तपाईंले पहिलेको लगानीबाट लाभ प्राप्त गर्नुहुनेछ। परिवारमा शान्ति छाउनेछ र जटिल मामिलाहरू पनि छिट्टै समाधान हुनेछन्। तुला राशिका व्यक्तिहरूको स्वास्थ्य स्थिर रहनेछ र रोकिएका कामका बाधाहरू हट्नेछन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending