Connect with us

धार्मिक

घटस्थापनाबाट सुरु हुने भए यी राशिका सुखका दिन, मिल्नेछ नवदुर्गाको साथ ! [साप्ताहिक राशिफल]

Published

on

मेष राशि – यो साता स्वास्थ्यको हिसाबले निकै राम्रो रहनेछ । तपाईको जीवनमा सकारात्मक परिवर्तन आउनेछन् । यस साता पैतृक सम्पतिको खरिद बिक्रीबाट प्रशस्त धन लाभ हुनेछ । परिवारका अग्रजबाट राम्रो साथ र सहयोग मिल्दा महत्वपूर्ण कार्य सफल हुनेछन्। शैक्षिक मामलामा पनि यो सातालाई राम्रो मान्न सकिन्छ। यात्राको योग देखिन्छ। खेलाडीहरुले यस साता राम्रो प्रदर्शन गर्न सक्नेछन्।

वृष राशि – जीवनशैली सुधार्ने अवसर मिल्नेछ। पहिला गरिएका लगानीबाट लाभ मिल्दा आर्थिक समस्याबाट मुक्ति मिल्नेछ। साताको सुरुवातमै स्वास्थ्यमा सुधार देखिनेछ। नयाँ व्यवसाय सुरु गर्ने माहोल बन्नेछ भने पूरानो नउठेको धन पनि उठ्न सक्ला। शैक्षिक रुपमा भने यस साता वृष राशि हुनेहरुका लागि केहि कष्टकर रहन सक्ला।

मिथुन राशि – मिथुन राशि हुनेहरुका लागि साता मिश्रित रहनेछ। राम्रै आर्थिक लाभ भएपनि खर्चमा नियन्त्रण नहँदा आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ। साताको अन्त्यमा यात्राको योग देखिन्छ। प्रेम जीवन तथा दाम्पत्य जीवन सकारात्मक रहनेछ। बोलिमा नियन्त्रण नहुँदा झै झगडा हुन सक्छन्। परिश्रम अनुसारको फल प्राप्त नहुँदा निराशा बढ्न सक्छ।

कर्कट राशि – धन संचित गर्न सकिँदा तनाव हटेर जानेछन्। लामो समय देखि भेट नभएका मित्रजनसंग भेट होला। साताको सुरुवातमै यात्राको योग देखिन्छ। साताभर स्वास्थ्यले साथ दिंदा धेरै कार्यहरु सम्पन्न गर्न सकिनेछ। कानुनी रुपमा भने साता खासै राम्रो देखिँदैन। सामान्य मामलामा कानुनी झमेलाको सामना गर्न पर्ने हुन सक्छ। प्रेम जीवन भने सोचे जस्तै रहनेछ।

सिंह राशि – समयमा निर्णय गर्न नसक्दा महत्वपूर्ण कार्य हातबाट फुत्किन सक्छ। कुनै पनि कार्य सुरु गर्नु अगाडी परिवारमा सर-सल्लाह गर्दा राम्रो हुनेछ। वैदेशिक यात्राको योजना सफल हुन सक्छ। स्वास्थ्यका हिसाबले साताको मध्य तिर केहि समस्या देखिन सक्छन्। कार्यस्थलमा केही मतभेद हुन सक्छ। जसको प्रत्यक्ष असर तपाईको करियरमा पर्न सक्छ।

कन्या राशि – साता कन्या राशि हुनेहरुका लागि माद्यम फलदायी मान्न सकिन्छ। आर्थिक रुपमा साता राम्रै रहेपनि शैक्षिक रुपमा भने सोचेअनुसार परिणाम प्राप्त नहुन सक्छन्। परिवारमा स्वास्थ्य समस्या देखिँदा यात्रा रोकिन सक्छ। समाजसेवा र राजनीति गर्नेहरुका लागि भने साता राम्रो मान्न सकिन्छ। महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्ला।

तुला राशि – विद्यार्थीहरूको लागि धेरै राम्रो अवसरहरू सिर्जना हुनेछन्। प्रयास गर्दा राम्रो प्रतिफल हाँसिल गर्न सकिनेछ। आर्थिक रुपमा पनि साता राम्रो रहनेछ। रोजगारीको खोजिमा हुनेहरुले सफलता हात पार्नेछन्। यधपी खान-पानमा भने ध्यान पुर्याउनु होला। जीवनमा नयाँ साथी बन्न सक्छन् र पूराना साथीहरुबाट पनि साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक राशि – लामो समय देखि रहेका समस्या हटेर जानेछन्। साताको सुरुवातमै सुखद समाचार प्राप्त हुनेछ। नयाँ कार्य थालनी गर्ने योजना सफल हुन सक्छ। शत्रु सहजै पराजित हुनेछन्। यधपी गोपनियतामा भने ध्यान दिनु होला। प्रतिष्पर्धाहरुमा सफलता मिल्नेछ। कानुनी रुपमा पनि सातालाई राम्रो मान्न सकिन्छ। सामाजिक रुपमा साता गज्जब देखिन्छ।

धनु राशि – मानसिक तनाव बढ्नेछ। बोलिमा नियन्त्रण नहुँदा समस्या पैदा हुन सक्छ। बन्न लागेका कार्य रोकिँदा दिक्क लाग्नेछ। परिवारमा पनि कलह बढ्न सक्ने हुँदा सावधान रहनु होला। स्वास्थ्यको हिसाबले भने सातालाई राम्रै मान्न सकिन्छ। साताको अन्त्यमा यात्राको सम्भावना देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्ला।

मकर राशि -कार्यस्थलमा कामको उच्च दबाब रहन सक्छ। खान-पानमा ध्यान दिनु होला। परिश्रम अनुसारको लाभ मिल्दा मन प्रफुल्लित रहनेछ। नयाँ कार्यका लागि लगानी जुट्न सक्छ। आफन्तजनले पनि सहयोगको हात अगाडी बढाउनेछन्। शैक्षिक क्षेत्रमा केहि अवरोधको सामना गर्न पर्ने हुन सक्छ। यात्रा भने फलदायी रहने देखिन्छ।

कुम्भ राशि – स्वास्थ्यको दृष्टिले यो साता तपाईको लागि निकै राम्रो रहनेछ। प्रारम्भिक दिनहरूमा धेरै स्रोतबाट धन आर्जन गर्नमा पूर्ण सफलता मिल्नेछ। यात्राले आर्थिक लाभ गराउनेछ। खेलाडीहरुका लागि साता धेरै राम्रो रहन सक्ला। साताको अन्त्यमा आकर्षक उपहार प्राप्त हुन सक्ला। प्रेम जीवन पनि यस साता राम्रै रहने देखिन्छ।

मीन राशि – आर्थिक रुपमा साता राम्रो रहनेछ। खर्च बढेपनि आम्दानी बढ्दा आर्थिक समस्या हटेर जानेछन्। वैदेशिक यात्राको योजना सफल हुनेछ। प्रतिष्पर्धीहरु आफैं पराजित हुनेछन्। शत्रु पनि मित्रमा परिणत हुन सक्छन्। स्वास्थ्यको हिसाबले साता राम्रो मान्न सकिन्छ। साताको सुरुवातमै सुखद समाचार प्राप्त हुनेछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending