धार्मिक
जमरा राख्दा कुन दिशामा राख्ने ? यसो भन्छन् पूरोहितहरु !

काठमाडौँ, आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
कुन दिशामा गर्ने घटस्थापना ?
पूरोहितहरुका अनुसार अनुसार कलश र दियो स्थापना गरेपछि अखण्ड दीप र अखण्ड ज्वाला नौ दिनसम्म जलिरहनु पर्ने हुन्छ। यसले सबै प्रकारका अशुभ शक्तिलाई नष्ट गर्ने मान्यता रहिआएको छ। घटस्थापना गर्दा धूप, बत्ती, दियो उत्तर-पश्चिम दिशामा राख्दा राम्रो हुने पूरोहितहरु बताउँछन्।
-
Uncategorized10 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized10 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized11 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized10 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized11 months ago
These five Premier League players are on best form
-
Uncategorized11 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized10 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized10 months ago
A month to suffer for liverpool ! What’s in the bag ?