Connect with us

धार्मिक

आज दशैंको तेस्रो दिन, यी राशिलाई मिल्नेछ माता भवानीको आशिर्वाद ! हेर्नुहोस् दैनिक राशिफल !

Published

on

मेष राशि –  सोचेका कार्य समयमै सफल हुँदा मन प्रसन्न हुनेछ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। घरपरिवारमा चलिरहेको विवादका कारण चिन्ता बढ्नेछ । काममा भागदौड रहनेछ । परोपकारमा झुकाव रहन सक्ला।

वृषभ राशि –  नयाँ सवारी साधन, मेशिनरीमा पैसा खर्च हुनेछ । अरूको समस्यामा नपर्नुहोस्। पारिवारिक कार्यक्रममा बढी भीडभाड हुनेछ । जीवनसाथीको चिन्ताले सताउनेछ ।

मिथुन राशि-  आफ्नो सीप प्रदर्शन गर्ने अवसर मिल्नेछ। कसैबाट सुनेको कुरामा विश्वास नगर्नुहोस्। सन्तानबाट सुख मिल्नेछ । वैवाहिक जीवनमा बाधाहरू हट्नेछन्। अभिभावकसँग विवाद हुनसक्छ ।

कर्कट राशि – प्रियजनसमक्ष आफ्नो भावना व्यक्त गर्ने अवसर मिल्नेछ। दिनचर्या व्यस्त रहनेछ। सम्पत्तिको कामबाट लाभ मिल्नेछ। रोजगारीको प्रयास सफल हुनेछ। लगानी शुभ रहनेछ । पेट सम्बन्धी समस्याले सताउन सकने सम्भावना छ ।

सिंह राशि –  आफ्नो व्यवहार विनम्र राख्नुहोस्। परिवारमा अग्रजहरुको सहयोग मिल्नेछ । यात्रा सुखमय रहनेछ । विद्यार्थी वर्गलाई सफलता मिल्नेछ। यात्राको अवसर जुर्न सक्छ।

कन्या राशि – कार्यस्थलमा विवादबाट बच्नुहोला । व्यक्तिगत जीवन तनावपूर्ण रहनेछ। काममा थप मिहिनेत हुनेछ । चोटपटक र चोरी आदिबाट हानि हुने सम्भावना छ । लगानीमा जोखिम नलिनुहोस्।

तुला राशि – विवाहका लागि गरिएका प्रयास सफल हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ। लगानी शुभ रहनेछ । पैसा कमाउन सजिलो हुनेछ। सन्तानको चिन्ता रहनेछ । विवेकको साथ कार्य गर्नुहोला।

वृश्चिक राशि – भविष्यको चिन्ता रहनेछ। कसैलाई जमानत दिएर जोखिम नलिनुहोला। लगानी शुभ रहनेछ । शुभ समाचार प्राप्त हुनेछ। बहस नगर्नुहोला। पुरानो पीडाले सताउनेछ।

धनु राशि – नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ। मन प्रसन्न रहनेछ। जीवन अध्यात्मतर्फ मोडिन सक्छ। बेरोजगारी हट्नेछ। विपक्षीहरू पराजित हुनेछन्। इष्टदेवको आशीर्वादले कार्य सफल हुनेछ।

मकर राशि – आफ्नो कार्य समयमा सम्पन्न गर्न तर्फ लाग्नु होला। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सकेसम्म बहसबाट टाढा रहनु होला। अनावश्यक खर्च हुनेछ । अस्वस्थताका कारण मन खिन्न रहनेछ ।

कुम्भ राशि – आफ्नो बानी परिवर्तन गर्नुहोस् र तपाईंले जे निर्णय लिनुहुन्छ त्यसमा अडिग रहने प्रयास गर्नुहोस्। सन्तानसँग मनमुटाव हुनेछ। रोकिएको धन प्राप्तिको सम्भावना छ । यात्राबाट लाभ मिल्नेछ।

मीन राशि –  आफ्ना प्रियजनहरूसमक्ष आफ्नो भावना व्यक्त गर्ने अवसर मिल्नेछ। अन्नबालीमा लगानी, रोजगारी र यात्राबाट लाभ मिल्नेछ । कार्यक्षेत्रमा परिवर्तन को सम्भावना छ । व्यवसायमा नयाँ योजना लागू हुनेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending