Connect with us

धार्मिक

कोजाग्रत पूर्णिमामा ३० वर्ष पछि दुर्लभ संयोग, पाँच राशिको भाग्यमा लाग्ने भयो घाम !

Published

on

एजेन्सी – आज शनिबार राति चन्द्र ग्रहण लाग्दैछ।(कोजाग्रत)शरद पूर्णिमाको रात लाग्ने भएका कारण आजको चन्द्र ग्रहण धेरै नै महत्त्वपूर्ण रहनेछ। चन्द्र ग्रहण शरद पूर्णिमामा लाग्दा ३० वर्ष पछि दुर्लभ संयोग जुर्नेछ। ज्योतिषीहरुका अनुसार यस संयोग केहि राशिका लागि धेरै नै शुभ सावित हुनेछ।

मेष राशि –  शरद पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहणले मेष राशिका व्यक्तिको व्यावसायिक जीवन र आर्थिक पक्षमा सकारात्मक परिवर्तन ल्याउनेछ । यो समय व्यावसायिक जीवनमा लाभदायक हुनेछ र आर्थिक स्थिति पनि राम्रो हुनेछ। मेष राशिका व्यक्तिहरूलाई धनमा सहज पहुँच हुनेछ, जसले आर्थिक स्थितिमा सुधार ल्याउनेछ।

सिंह राशि – ज्योतिषीहरूका अनुसार शरद पूर्णिमामा चन्द्रग्रहणको प्रभावले सिंह राशिका व्यावसायिक व्यक्तिहरूको नेतृत्व क्षमतामा वृद्धि हुनेछ। यसका साथसाथै सिंह राशिका व्यक्तिहरुको पारिवारिक जीवन सुखमय रहनेछ, राम्रो पहिचान बन्नेछ, व्यवसायमा संलग्नहरुको उन्नति हुनेछ ।  व्यापारमा प्रतिष्ठा बढ्नेछ, नयाँ अवसर मिल्नेछ। सिंह राशिका लागि चन्द्रग्रहण शुभ रहनेछ ।

तुला राशि – ज्योतिषशास्त्रका अनुसार शरद पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण तुला राशिका व्यक्तिहरुको पारिवारिक तथा व्यावसायिक जीवनमा शुभ सावित हुनेछ। परिवारका सदस्यहरु संग सद्भाव बढ्नेछ। तुला राशिका व्यक्तिहरुको प्रतिष्ठामा वृद्धि हुनेछ । आर्थिक उन्नति हुनेछ, समृद्धि बढ्नेछ।

धनु राशि – शरद पूर्णिमाको दिन लागेको चन्द्रग्रहण धनु राशिका लागि पनि शुभ रहनेछ। यस समयमा तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। यस समयदेखि तपाईको व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन बढ्नेछ। वरपरका मानिसहरूमा तपाईंको प्रभाव बढ्नेछ, तपाईंले यस समयमा धेरै अवसरहरू प्राप्त गर्नुहुनेछ। यो समय तपाईको जीवनमा टर्निङ प्वाइन्ट साबित हुन सक्छ।

कुम्भ राशि – ज्योतिष शास्त्रका अनुसार यो चन्द्रग्रहण कुम्भ राशिका मानिसका लागि पनि निकै लाभदायक रहनेछ। यस समयदेखि कुम्भ राशि भएका व्यक्तिहरूको बौद्धिक क्षमतामा वृद्धि हुनेछ। यस समयमा तपाईको व्यक्तिगत जीवन खुशीमयी हुनेछ, तपाईको व्यक्तित्वमा सुधार आउनेछ र तपाईलाई आर्थिक लाभ पनि मिल्नेछ। यस समयमा धेरै सफलता मिल्नेछ र भाग्यले साथ दिनेछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending