धार्मिक
मध्यरातमा सुरु हुँदै चन्द्रग्रहण, झुक्किएर पनि नगर्नुस् यी काम !

काठमाडौं, आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।
उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ । यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।
चन्द्रग्रहण लागेका बेला विभिन्न कार्य गर्न अशुभ हुने धार्मिक विश्वास रहिआएको छ। ग्रहणको समयमा खाना खान नहुने बताइन्छ। ग्रहणको समयमा खाना खान निषेध गरिएको छ, यसो गर्नाले धन र अन्न पनि कम हुन्छ भन्ने धार्मिक विश्वास छ।
त्यस्तै ग्रहणको समयमा सुत्न नहुने पनि विश्वास गरिन्छ। ग्रहणको समयमा सुत्दा रोगले सताउने धार्मिक व्यक्तित्वहरु बताउँछन्। ग्रहणको समयमा फल र फूल टिप्न नहुने बताइन्छ।
ग्रहणको समयमा ब्रह्मचर्य पालन गर्नुपर्छ र भगवानको ध्यान गर्दा राम्रो हुन्छ। पति पत्नीले शारीरिक सम्बन्धबाट टाढा रहनु पर्ने हुन्छ। ग्रहणको समयमा वा पछि जुनसुकै समयमा चोरी, झूट बोल्ने, कसैलाई धोका दिने, झगडा गर्ने, समस्यामा पार्ने, मासु र मदिरा सेवन गर्ने जस्ता कार्यहरू गर्न वर्जित गरिएको छ।
-
Uncategorized10 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized11 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized10 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized10 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized11 months ago
These five Premier League players are on best form
-
Uncategorized10 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized10 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized10 months ago
A month to suffer for liverpool ! What’s in the bag ?