Connect with us

खेलकुद

सन्दीप प्लेइङ ११ मा फिर्ता, मच्चाउनेछन् तहल्का !

Published

on

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछाने आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध खेल्दै छन् । टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमा फिल्डिङ गर्दैछ ।

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने थिएनन् । सन्दीप विश्वकप छनोट टोलीमा हुँदा स्पिनर ललित राजवंशी बेन्चमा छन् ।

ललित पूर्ण रुपमा फिट पनि छैनन् । सन्दीपलाई अफस्पिनर दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । कुशल मल्ल तेस्रो विकल्प हुनेछन् । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल पनि स्पिन गर्न सक्छन् । नेपालसँग स्पिनमा पार्टटाइममा धेरै विकल्प छन् । त्यसैले ललितलाई बेन्चमा राख्दै सन्दीपलाई खेलाउने निर्णय लिएको हो ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending