समाचार
पश्चिम नेपालमा टरेको छैन भूकम्प, महाभूकम्प जाने विज्ञहरुको दावी !

काठमाडौं । जाजरकोटमा शुक्रबार रातियता भूकम्पका १७५ भन्दा धेरै धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका अनुसार उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मुख्य भूकम्पपछिका धक्का परकम्प हुन् । तीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।
६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए ।
जोखिम टरेको छैन : भूकम्पविद्
भूकम्पविद्ले पश्चिम नेपालमा महाभूकम्पको जोखिम कायमै रहेको बताएका छन् । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।
-
Uncategorized10 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized10 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized10 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized10 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized10 months ago
These five Premier League players are on best form
-
Uncategorized10 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized10 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized10 months ago
A month to suffer for liverpool ! What’s in the bag ?