Connect with us

समाचार

भूकम्पले धुलो बनायो घर, कात्तिकको चिसो र शीतमा आकाशमुनि बास !

Published

on

काठमाडौँ – शुक्रवार रातिको विनाशकारी भूकम्पपछि जाजरकोटमा अधिकांश कच्ची घर ढलेका छन् । सग्लो रहेका घरमा पनि भित्र छिर्ने हिम्मत अधिकांशको देखिएको छैन ।

शनिवार बेलुका जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा पुग्दा स्थानीयहरू खुला आकाशमुनि ओछ्यान लगाएर सुतिरहेका भेटिए ।

रासन-पानी सबै घरमा पुरिएकाले चाउचाउ खाएर रात बिताउने उनीहरूले बताएका छन् । यो गाउँमा एकै परिवारका २ सहित ८ जनाको मृत्यु भएको स्थानीय विवश रानाले बताए ।

‘यहीँ ८ जनाको मृत्यु भयो । एकै परिवारका २ जना परे,’ दिनभर उद्धारमा खटिएका रानाले भने । उनी पनि परिवारसहित खुला आकाशमुनि रात बिताउने तयारीमा छन् । कात्तिककाे चिसो र शीतमा खुला आकाशमुनि सुत्दा स्वास्थ्य समस्या निम्तिने चिन्ता समेत बढेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending