Connect with us

खेलकुद

शनिको चाल परिवर्तन, तीन राशिका लागि वरदान !

Published

on

एजेन्सी – शनि ३० वर्ष पश्चात आफ्नो राशिमा मार्गी भएका छन्। शनि आफ्नो राशिमा हुनुलाई धेरै नै शुभ मानिन्छ। विशेषगरी शनिको साढेसाती रहेका राशि हुनेहरुलाई अबको समय शुभ रहन सक्छ।

अब शनि ग्रह ७ महिनाको लागि सिधै कुम्भ राशिमा सन् २०२४ जुनसम्म रहनेछन्। यो अवधिमा निम्न केहि राशि हुनेहरुलाई धेरै नै लाभ मिल्नेछन्। शनिको चाल परिवर्तनले सबै भन्दा बहि कसलाई शुभ ? हेर्नुहोस् !

मकर- शनिको गोचरले मकर राशि हुनेहरुलाई धेरैनै लाभ दिनेछ। व्यापार व्यवसाय राम्रो रहनेछ । आम्दानीका स्रोतको सिर्जना हुनेछन् । तपाईको आर्थिक अवस्था पनि राम्रो रहनेछ र यस समयमा कार, बाइक चलाउँदा अलि सतर्क रहनुहोला । नोकरीमा विशेष अवसर प्राप्त हुने सङ्केत रहेको छ । प्रेम जीवन उर्जाले भरिपूर्ण रहनेछ।

धनु- यदि तपाईको सम्पतिको सम्बन्धमा कुनै मुद्दा चलिरहेको छ भने तपाईलाई लाभको अवसर प्राप्त हुनेछ । कुनै पनि काम गर्नुअघि सोच्नुहोस् । सबैसँग आपसी समन्वय कायम राख्नुहोस् । लामो समय देखि अड्किएका कार्य सम्पन्न हुनेछन्। यात्राको अवसर पनि जुर्न सक्छ।

वृश्चिक- वृश्चिक राशि हुनेहरुका लागि यो समय राम्रो रहनेछ । यो राशिका व्यक्तिहरुलाई रोजगारीमा राम्रो अवसर मिल्नेछ । जागिरको परीक्षा दिनुभएको छ भने सफलता मिल्नेछ । उच्च पदका अधिकारीहरु तपाईबाट प्रभावित हुनेछन्। यदि तपाईं अविवाहित हुनुहुन्छ भने, विवाहको लागि जीवन साथी खोज्न सकिनेछ। कानुनी रुपमा पनि शनिको मार्गीका कारण लाभ मिल्न सक्छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending