Connect with us

मनोरञ्जन

अभिनेत्री परिणिती चोपडालाई प्रेमी राघवलाई छोड्न भयो मुस्किल, भनिन…..

Published

on

बलिउड अभिनेत्री परिणिती चोपडाले राजनीतिज्ञ राघव चड्ढासँग मे १३ मा नयाँ दिल्लीमा इन्गेजमेन्ट गरेकी छन्। इन्गेजमेन्ट समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित राघव चड्डाका नजिकका परिवारका सदस्य, साथीभाइ र राजनीतिक साथीहरू मात्रै उपस्थित थिए।

समारोहमा परिणीतिकी दिदी प्रियंका चोपडा पनि उपस्थित भए पनि उनका पति निक जोनस र छोरी मालती मारी जोनस पनि उक्त समारोहमा उपस्थित भएनन् ।

इन्गेजमेन्टको तीन दिनपछि परिणीति मुम्बई गएकी थिइन् र दिल्ली एयरपोर्टबाट तस्वीर पोस्ट गरेकी थिइन्। आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेको तस्वीरमा अभिनेत्रीले लेखेकी छिन्, ‘ बाइ दिल्ली। मेरो मुटु छोडेर जादै छु।’

इन्गेजमेन्टपछि परिणिती चोपडाले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा मन छुने सन्देश लेखिन्। साथै केही तस्बिर सार्वजनिक गरेकी छिन्। जुन अहिले निकै भाइरल भएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending