Connect with us

मनोरञ्जन

को हुन् आरजु देउवाकी हुन लागेकी बुहारी ? बाहिरियो जानकारी !

Published

on

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहले इन्गेजमेन्ट गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाका छोराले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयवीरसिंह र शिवाना बीच केहि दिन अगाडी मात्र इन्गेजमेन्ट भएको बताएको छ।

विभिन्न मिडियाहरुमा आएका खबर अनुसार जयवीरसिंह र शिवाना बीच यहि जेठ एक गते इन्गेजमेन्ट भएको हो। दुईको इन्गेजमेन्ट काठमाडौँमा भएको थियो। जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान रहेका छन् र देउवाका हुने बुहारी पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी रहेकी छन्।

को हुन् शिवाना ?

शिवाना पेशाले सौन्दर्य सामग्री (ब्युटी-प्रडक्ट) को व्यापारमा संलग्न रहेकी छन्। साथै उनी गायिका पनि हुन्। युट्युबमा उनले गाएका कभर गीतहरु छन्। शिवाना परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत रहेका केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी रहेकी छन्।

देउवा पुत्र जयवीरसिंह र शिवाना बीच स्कुल समय देखि नै चिनजान भएको र पछि प्रेम बसेको चर्चा बाहिर आएका छन्। इन्गेजमेन्ट अहिले गरिएपनि विवाह भने माघमा गर्ने तयारी रहेको देउवा परिवार निकट श्रोतले जनाएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending