Connect with us

मनोरञ्जन

डेब्यू चलचित्रमै दिलिपकी छोरीको चम्कियो भाग्य, पाउने भइन् यति धेरै पारिश्रमिक ! कति ?

Published

on

काठमाडौँ – अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी पनि नेपाली चलचित्र क्षेत्रमा पाइला राख्दैछिन्। नेपाली चलचित्र क्षेत्रका सफल नायक मध्ये एक मानिने दिलिपकी छोरी पनि अभिनयमा लाग्ने भएकी हुन्। उनले सुरेन्द्र पौडेलको निर्देशन र रोहित अधिकारीको निर्माणमा बन्न लागेको सिनेमाबाट डेब्यू गर्ने पक्का भएको छ।

चलचित्रको नाम ‘वरिष्ठ बलराम’ हुने पक्का भैसकेको छ। यो नै उनको डेब्यू चलचित्र हुनेछ। सिनेमामा खगेन्द्र लामिछानेको पनि अभिनय हुने चर्चा छ। त्यस्तै थप दुई नायक पनि हुने र सो दुई नायकको खोजि चलचित्र निर्माण पक्षले गरिरहेको छ।

पाउने भइन् उच्च पारिश्रमिक

नेपाली चलचित्र क्षेत्रमा कसले कति पारिश्रमिक लियो भन्ने कुराको धेरै नै चर्चा हुने गर्छ। दिव्याले नायककी छोरी भएका कारण उच्च पारिश्रमिक पाउने भएकी छन्। उनले डेब्यू चलचित्रकै लागि १० लाख पारिश्रमिक पाउने भएको चर्चा गरिन्छ।

उनी यति बेला आफ्नो परिवारसँगै अमेरिकामा रहेकी छिन् भने उनी छिट्टै नेपाल आउने बताइएको छ। अमेरिकामा राम्रो तलबमा काम गरिरहेका कारण दिव्यालाई १० लाख पारिश्रमिक दिने निर्णय निर्माण पक्षले गरेको हो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending