Connect with us

मनोरञ्जन

चुनाव जितेको जस्तो माहौलमा जेलबाट मुक्त भएका थिए अभिनेता पल, तर म्युजिक भिडियोमा घटे फ्यान क्रेज

Published

on

केही समय पहिले अभिनेता पल शाह एक वर्षको जेल जीवन बिताएर जेल मुक्त भएका छन् । अभिनेता पल शाह नाबालक बलात्कार गरेको आरोपमा जेल परेका थिए । अहिले पीडित भनिएकी बालिकाको बयान फेरीयसंगै अभिनेता जेल मुक्त भएका हुन् । जब अभिनेता जेलबाट मुक्त भएका थिए त्यस समयमा उनको स्वागत यस्तो भव्य थियो की कुनै ठुलै क्षेत्रबाट चुनाब जितेको नेताको जस्तो स्वागत माहौल थियो । जहाँ विभिन्न कलाकार देखि अभिनेताका फ्यानको लर्को थियो।

अहिले अभिनेताले आफ्नै निर्देशनमा एक म्युजिक भिडियो बनाएका छन्। उक्त गीत पहिले नै सार्वजनिक भएको हो। जसलाई गायक पुष्पन प्रधानले स्वर दिएका छन्। अहिले उक्त गीतलाई फिमेल भर्सनमा निकालिएको छ। यस म्युजिक भिडियोमा अभिनेता पल शाहको अभिनय रहेको छ।

अहिले यस म्युजिक भिडियो हेर्दा अभिनेताले आफ्नै भोगाइलाई अभिनयमा उतारेको हो की जस्तो देखिन्छ। यस म्युजिक भिडियोमा अभिनेताले बलात्कार आरोप लागेर जेल जाँदा लगाएकै पोसाक लगाएका छन्। तर अहिले अभिनेता जेल मुक्त हुँदा मानिस हरुको जुन क्रेज देखिएको थियो, अहिले उनको म्युजिक भिडियोमा त्यो देख्न सकिँदैन !

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending