Connect with us

मनोरञ्जन

‘टाइगर ३’ मा सलमान र शाहरुखको खतरा एक्सन, एकै एक्सन सिक्वेन्समा भयो करोडौं खर्च ! कति ?

Published

on

एजेन्सी – बक्स अफिसमा निरन्तर असफलता पछि बलिउड स्टार सलमान खान सानदार कम्ब्याकको योजनामा छन्। किसिका भाइ किसिका जान बक्स अफिसमा नराम्रोसँग पिटिएपछि सलमान कम्ब्याक गर्ने योजनामा जुटेका हुन्।

सलमानले स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’बाट कम्याक गर्ने योजना बनाएका छन्। यो चलचित्र सलमानले धेरै अपेक्षा गरेको चलचित्र हो। यस चलचित्रले बक्स अफिसमा गुमेको सलमानको शाख फिर्ता गर्ने सलमान मात्र नभई उनका समर्थकको पनि अपेक्षा छ।

अहिले यस चलचित्रको छायाँकन चलिरहेको छ। चलचित्रमा शाहरुख खानको पनि छोटो भूमिका हुने बताइएको छ। शाहरुखको चलचित्र पठानमा सलमानले केमियो दिएका थिए। अब सलमानको चलचित्रमा शाहरुखको केमियोको पालो छ। चलचित्रमा शाहरुख र सलमान एकै सिनमा देखिनेछन् र सो सिन खिच्न निर्माण पक्षले करोडौं खर्च गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्स रहने र सो सिक्वेन्स खिच्नको लागि ३० करोड भारतीय रुपैंयाँ खर्च गरिएको भारतीय मिडियाहरुले जनाएका छन्। सलमान र शाहरुखले एक पुलमा एक्सन कला देखाउने बताइएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending