Connect with us

मनोरञ्जन

अनमोलको हातमा नयाँ चलचित्र, नायिकाको पनि लाग्यो टुंगो !

Published

on

काठमाडौँ – अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन्। नेपालका सबै भन्दा महँगा अभिनेतामा गनिने केसीले शुक्रबार नयाँ चलचित्र साइन गरेका हुन्। उनले साइन गरेको नयाँ चलचित्रको नाम ‘फर्की फर्की’ हुनेछ। चलचित्र निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको हो।

गुरुङ चलचित्र ‘सानो मन’ पछि चर्चामा आएका थिए। शुक्रबार दिउँसो निर्माता रोहित अधिकारी र केसी बीच सम्झौता पनि भइसकेको छ। चलचित्रका निर्मातामा रोहित अधिकारीसँगै ओम अग्रवाल र श्याम कँडेल रहनेछन्।

त्यस्तै चलचित्रमा नायिकाको रुपमा जसिता गुरुङले काम गर्ने यस अगाडी नै तय भइसकेको छ। जसिताले चलचित्रका लागि केहि साता अगाडी नै सम्झौता गरिसकेको बताइएको छ। अनमोलले पनि सम्झौता गरेसंगै अब दर्शकले अनमोल र जसिताको जोडीलाई पर्दामा देख्न पाउने भएका छन्।

चलचित्र रोहित अधिकारी फिल्मस्, ओएसआर डिजिटल र हिमालय टीभीले संयुक्त रुपमा निर्माण गर्नेछन्। चलचित्र कथा तथा पटकथा निर्देशक गुरुङ आफैंले तयार पार्नेछन् भने चलचित्रमा अपूर्व तामाङ, नरेन लिम्बु र कालिप्रसाद बाँस्कोटाको संगीत हुनेछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending