Connect with us

समाचार

दुई खुट्टा गुम्दा पनि मानेन् हार, सगरमाथा चढेर बनाए दुर्लभ रेकर्ड !

Published

on

काठमाडौँ – दुवै खुट्टा नभएका रोल्पाका हरिबहादुर बुढा मगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन्। ब्रिटिश गोर्खा सेनामा भर्ती हुँदा खुट्टा गुमाएका मगरले शुक्रबार सगरमाथाको आरोहण गर्न सफल भएका हुन्।

मगरले शुक्रवार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहयोगमा सगरमाथाको सफल आरोहण गर्न सफल भएको बताइएको छ। मगर सहितको टोलीले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गर्न सफल भएको हो। सो आरोहण दल कृष्ण थापाको नेतृत्वमा थियो।

मगर सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका थिए। अफगानिस्तानमा खटिएका बेला उनका खुट्टा गुमेको हो। अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर उनले दुवै खुट्टा गुमाएका थिए।

सगरमाथा आरोहण सफल भएसंगै उनले विश्व रेकर्ड पनि बनाएका छन्। उनी सगरमाथाको सफल आरोहण गर्ने घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्न सफल भएका छन्। यस भन्दा अगाडी दुवै खुट्टा नभएका दुई जनाले सगरमाथाको आरोहण गरिसकेपनि उनीहरु घुँडामुनि खुट्टा नभएका आरोही थिए।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending