Connect with us

मनोरञ्जन

छिट्टै फिल्म क्षेत्रमा देखिँदै मोडल नीति शाह, फिल्मको नाम समेत सार्वजनिक !

Published

on

पछिल्लो समय नेपाली म्युजिक भिडियो तथा चलचित्र क्षेत्रमा नयाँ-नयाँ अभिनेता अभिनेत्री देखिने क्रम बढेको छ। यही क्रममा अहिले मोडेल नीति शाह पनि छिट्टै नेपाली चलचित्र क्षेत्रमा देखिँदै छिन्।

मोडेल नीति शाह सन् २०१३ मा आयोजित फेस हाउस अफ फेसनको पहिलो उप-विजेता हुन्। त्यस समय यता उनलाई अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा भने सक्रिय पाउन सकिन्छ।

अहिले नीति अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘कामिनो’ मा देखिने भएकी छिन्। तर यो फिल्मलाई नीतिका फ्यानले कहिले हेर्न पाउँछन् निश्चित भएको छैन ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending