Connect with us

मनोरञ्जन

भारतमा करिश्मालाई यति ठूलो सम्मान, हात पारिन् प्रतिष्ठित अवार्ड !

Published

on

काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारीले भारतमा अवार्ड जितेका छन्। नेपाली फिल्म निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धरलाई भारतमा मानार्थ अवार्ड प्रदान गरिएको हो।

दुवैलाई आइतबार भारतको मुम्बईमा आयोजित एक कार्यक्रमका बीच ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ले सम्मानित गरियो। नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको लामो योगदानको सम्मान स्वरूप दुवैलाई अवार्ड प्रदान गरिएको बताइएको छ।

सो अवार्ड भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्के फाउण्डेसनले प्रदान गर्ने गर्छ। सो अवार्ड आफूले हात पारेको मानन्धर आफैंले सामाजिक संजाल मार्फत पनि जानकारी गराएकी छन्।

“कला एक विश्वव्यापी भाषा हो । यसको माध्यमबाट प्रत्येक राष्ट्रले मानव जातिको संस्कृतिमा आ–आफ्नो अद्वितीय योगदान दिन्छ । यसको कुनै सीमा छैन । यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ । हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानको लागि दादासाहेब फाल्के फिल्म फाउन्डेसनलाई धन्यवाद।”,सामाजिक संजालमा करिश्माले लेखेकी छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending