Connect with us

मनोरञ्जन

सिरानी लिएर एयरपोर्ट पुगिन जाह्नवी कपूर, मानिसहरुले सोधे के होटेलबाट चोरेर….

Published

on

अभिनेत्री जाह्नवी कपूर हालै मुम्बई एयरपोर्टमा देखिएकी थिइन्। यस क्रममा अभिनेत्रीको हातमा तकिया देखिएको थियो, जसपछि अभिनेत्री अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्।

बलिउड अभिनेत्री जाह्नवी कपूर आफ्नो लुक्स र फेसनका कारण सामाजिक सञ्जालमा प्राय चर्चामा आइरहन्छिन्। सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने नायिका आफ्ना फ्यानसँग आफ्ना तस्बिर र भिडियो शेयर गरिरहन्छिन्।

यसैबिच जाह्नवी कपुरको एउटा भिडियो इन्टरनेटमा निकै भाइरल भइरहेको छ। जसका कारण उनी ट्रोलको सिकार भएका छन्। वास्तवमा भिडियोमा अभिनेत्री मुम्बई एयरपोर्टमा देखिएकी छिन्। तर हातमा तकिया पनि बोकेकी छिन्। जसलाई देखेर मानिसहरू अनेक किसिमका कुराहरू गरिरहेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending