Connect with us

समाचार

रहेनन् ‘आरआरआर’ चलचित्रका भिलेन, ५८ वर्षको उमेरमा निधन !

Published

on

एजेन्सी – चर्चित आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ। कैयौं मार्बल फिल्म तथा एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म आरआरआर’मा मुख्य खलपात्रको रुपमा अभिनय गरेका स्टीवेन्सनको ५८ वर्षको उमेरमा निधन भएको हो।

‘रोम भाइकिंग’ र ‘डेक्सटर’ जस्ता टिभी शोबाट चर्चित उनलाई गोली लागेपछि अस्पताल भर्ना गरिएको र उपचारकोक्रममा उनको निधन भएको बताइएको छ। यधपी उनको निधन हुनुको कारण भने राम्रोसँग खुलाइएको छैन। इटालीको इस्चिया टापुमा गोली चलेपछि उनलाई अस्पताक भर्ना गरिएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले दावी गरेका छन्।

स्टीवेन्सनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन रहेको छ। उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको हो। उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए। उनी परिवारका तीन भाइ मध्ये माइला थिए। उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड पुगेका थिए। जहाँ उनले ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय अध्ययन गरेका थिए।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending