Connect with us

मनोरञ्जन

छ वर्ष पछि निश्चलको कमब्याक, स्वस्तिमासंगै फ्लोरमा !

Published

on

एजेन्सी – झन्डै ६ वर्ष देखि चलचित्र निर्देशनबाट टाढा रहेका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले कम्ब्याक गर्ने भएका छन्। बस्नेतले ६ वर्षपछि चलचित्र निर्देशनमा कम्ब्याक गर्ने भएका हुन्। बस्नेत फिल्म ‘दिमाग खराब’बाट चलचित्र निर्देशनमा फर्किएका छन्।

सोमबार काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा चलचित्रको शुभमुहुर्त गरियो। बुढानीलकण्ठ मन्दिर परिसरमा सोमबार आयोजित शुभुमुहुर्त समारोहमा फिल्मका अधिकांश कलाकार तथा प्राविधिकहरु उपस्थित थिए। चलचित्र सोमबारबाट नै फ्लोरमा गएको छ।

चलचित्रको छायाँकन काभ्रेबाट सुरु भएको छ। चलचित्र निर्माण पक्षले चलचित्रको छायाँकन ३५ दिन आसपासमा सक्ने योजना बनाएको छ। चलचित्र आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन सक्ने सम्भावना रहेको छ। चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मूख्य भूमिका रहनेछ।

श्रीमान् निश्चल बस्नेतको निर्देशनमा नायिका स्वस्तिमा खड्काले पहिलो पटक काम गर्नेछिन्। चलचित्र ‘घामड शेरे’मा निश्चलसंगै अभिनय गरेपनि स्वस्तिमाले यस भन्दा अगाडी निश्चलको निर्देशनमा चलचित्रमा काम गरेकी छैनन्। चलचित्रमा जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत हुने बताइएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending